करेन्ट लागेर इटहरीका दम्पतिको मृत्यु

  • जेठ २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ ।
इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका उदयपुर जिल्लाको रौता गाउँपालिका स्थायी घर भएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

इटहरीको एक फर्निचर उद्योगमा काम गर्दै आएका उनीहरु लकडाउनका कारण उद्योग बन्द भएपछि माछा मार्न निस्किएका थिए । तीन बर्षीय छोरीलाई घरमै सुताएर रातको समयमा माछा मार्न इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला गएका उनीहरु राती नै खोलामा करेन्ट लागेर मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ ।

मृतक दम्पतिको पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय इटहरीले धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठााएको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved