एसजीले दियो ४ स्थानिय तहलाइ स्वास्थ्य सामग्री

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको गुनासो आउन थाले पछि एसजी ग्रुपले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु निःशुल्क वितरण गर्न थालेको छ ।
दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोखिम बढन थालेको अवस्थालाइ मध्यनजर गर्दै एसजि ग्रुपले सुनसरीको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, हरिनगर गाउँपालिका लगायतलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो ।
ग्रुपले स्थानीय सरकार र जिल्ला प्रसाशन कार्यालयसंग समन्वय गरि उक्त सामग्रीहरू बितरण गर्न थालेको हो ।

एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन । उनले ग्रुपका तर्फबाट इनरुवा नगरपालिकालाई ४० लिटरको अक्सिजन १० थान , १० लिटटरको ५ थान , ब्याग ५० थान , अक्सिजन मास्क २५ थान , अक्सिमिटर ४ थान रेगुलेटर १ सर्जिकल मास्क १हजार थान उपलव्ध गराएका हुन ।

अक्सिजन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरणपछि उद्योगी घिमीरेले कोरोनाले विश्व संकटमा रहेको समयमा सेवाभावले स्थानीय तह ,स्वास्थ्य संस्था , आइसोलेसन लगायतका ७० स्थानमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री वितरण गर्ने योजना रहेको बताए ।
आज इनरुवा नगरपालिका लगायत ५ स्थानमा एकै दिन उपलव्ध गराएको उनले जानकारी दिए । उनले आफुहरुले व्यवसायीक रुपमा समेत अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु ल्याएर सुलभ मुल्यमा विक्री गर्दै आएको समेत वताए ।

त्यसै गरी एसजी ग्रुपले सुनसरीको इटहरी उपमहानगरपालिकालाई ५०थान अक्सिजन व्याग , ५सय थान सर्जिकल मास्क , ४० लिटर अक्सिजन सिलिण्डर ८ थान , १० लिटर अक्सिजन सिलिण्डर ३ थान अक्सिजन मास्क २५ थान अक्सिमिटर ४ थान बितरण गरेको छ । त्यसैगरी मोरगंको सुन्दरहरैचा नगरपालिकालाई ५०थान अक्सिजन व्याग ५ सय थान, अक्सिजन मास्क, ४० लिटर अक्सिजन सिलिण्डर ७ थान , १० लिटर अक्सिजन सिलिण्डर २थान ,अक्सिजन मास्क २५थान, अक्सिमिटर ४थान, सुनसरीको हरिनगर गाउँपालिकालाई ५०थान, अक्सिजन व्याग ५सय थान सर्जिकल मास्क, ४० लिटर अक्सिजन सिलिण्डर ७ थान , १० लिटर अक्सिजन सिलिण्डर २थान अक्सिजन मास्क २०थान अक्सिमिटर ४थान र सुनसरीको इटहरी उद्योग वाणिज्य संघलाई ५०थान अक्सिजन व्याग ५सय थान सर्जिकल मास्क ४० लिटर अक्सिजन सिलिण्डर ८ थान , १० लिटर अक्सिजन सिलिण्डर ३ थान अक्सिजन मास्क २५थान अक्सिमिटर ४थान रेगुलेटर १ थान सहित खाना पकाउने ग्याँस १८ थान उपलव्ध गराएको जनाइएको छ ।

कोरोना कहरका समयमा अक्सिजन अभाव भई रहेको अवस्थामा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु महान कार्य भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले एसजी ग्रुपलाइ धन्यवाद दिए । नगरप्रमुख मेहताले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री प्रयोग गर्ने जानकारी दिए ।

अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सुरक्षा सामाग्री प्राप्त गर्ने अन्य संस्थाहरुले समेत अहिलेको समयमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री उपलव्ध गराउने कार्यलाई महत्वपुर्ण रहेको वताए ।

एसजी ग्रुपले अक्सिजन अभाव भएको चर्चा चलेसंगै छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु ल्याएर विक्री गर्नुका साथै निशुल्क रुपमा वितरण समेत गर्दै आएको छ ।

 

 

 

sahayog

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved