कोरोनाका कारण मैथिलि समुदायका महिलाहरुले मनाउने वरसाइत पर्व प्रभावित

  • जेठ २७, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/  कोरोनाका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित भएका छन् । मौलिक संस्कृतिको धनी नेपालीहरुको पहिचान बोकेको नेपालमा गतबर्षदेखि नै यस्ता मौलिक पर्वहरु प्रभावित बन्दै गएका छन् ।

मैथिलि समुदायका महिलाहरुले ले प्रत्येक बर्ष मनाउदै आएको वरसाइत पर्व समेत सुनसरीमा प्रभावित बनेको हो । हरेक वर्ष पतिको दिर्घायुको कामना गर्दै मैथली समुदायका महिलाहरुले सामुहिक रुपमा यो पर्व मनाउने गरिन्छ ।

सामुहिक रुपमा मनाउने गरिएको यो पर्व कोरोना कहरकै कारण महिलाहरुले घरभित्र खुम्चिएर मनाएका छन् । नजिकैको मठमन्दिरमा गएर समुहिक रुपमा मनाउने यो पर्व कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको निषेधाज्ञाका कारण वाहिर निसक्न नमिलेपछि तँराई मधेशका जिल्लाहरुका महिलाहरुले बरसाइत पर्व विहीबार घर घरमानै औपचारिक रुपमा मात्र मनाएका हुन्।

पतिको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना सहित यो पर्व मनाउने चलन रहेको छ । दिन–रात निराहार बसेर वटवृक्ष तथा सावित्रीको पूँजा अर्चना गरेर कथा पनि सुन्ने चलन रहेको छ ।

वर र पीपल भएको बोर्टमुनि बसेर सिन्दुर, टिका, अक्षत, फूलहरु चढाएर केराउँ, चना, आँप, लिच्ची, केरा सहितको फलफूलहरु प्रसादको रुपमा अर्पण गरि सामुहिक रुपमा कथा सुन्ने चलन रहेको छ ।

तर कडाउनका कारण यस वर्ष घरमानै औपचारिक रुपमा मनाएको सुनसरीको इटहरी १२ का बर्तालु महिला मधुमाया झाले बताइन् । उनले भनिन््–‘सुरक्षित भएर आफ्नो मौलिक पर्व मनाउने काम गरियो, गत बर्ष पनि यस्तै अवस्था सिर्जना भएको थियो । उनले आगामी बर्ष यस्तो अवस्था नआओस् भन्ने कामना समेत गरिन् ।

barsait-pic-2

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved