मोरङ / मोरङको रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका-२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको शव घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरान/ धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा प्रतिमाको अनावरण गरिएको छ । एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिमाको अनावरण गरेका छन् । धरानका स्व. क्याप्टेन भीमराज राईको सम्झनामा श्रीमती धुर्पीमाया राई, छोराबुहारी बीरबहादुर, लीलादेवी राईलगायत परिवारनै मिलेर प्रतिमा निर्माण गरिदिएका हुन् । यसैबीच सोमबार नै पार्कमा उधौली पर्व पनि धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा उधौली पर्व आयोजना
धरान/ मंसिरे पूर्णिमा आदिवासी जनजातिहरुले उद्यौली पर्व मनाउन शुरु गरेका छन् । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुले चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् । यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा पाँच दिन सम्म मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि भव्य रुपमा मनाउदै छन् । सामुहिक रुपमा मनाउन थालिएको यो पर्वमा पछिल्लो समय युवा वर्गले समेत आफ्नो मौलिक पर्व जोगाउन जागरुक देखिएका छन् । बहुभाषिक, वहुजा
धरान । मेन्याङबो कल्याणकारी संघ नेपालको १९ औं वार्षिक साधारण सभा तथा चासोक तङनाम २०७८ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिपक मेन्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री राम कुमार सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । संघले गालीश्राप पुजा गरि कार्यक्रमको शुरुवात गरेको थियो । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन, संस्थाको विधान संशोधन तथा पुर्ण परिमार्ज प्रतिवेदन सहित तेस्रो वंशावली प्रकाशन लगायतका विषयमा छलफल गरि अनुमोदन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष नविन मेन्याङबोले जानकारी दिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका पुर्व
धरान/ विराटनगर स्थित ट्राफिक चौकमा ३८ बर्षदेखी जुत्ताचप्पल सिलाएर गुजारा चलाउदै आएका मोची राधे रामले कोरोनाको समयमा भोकभोकै बस्न बाध्य भए पनि राज्यले सहयोग नगरेको गुनासो गरे । उनले भने, ‘राज्यको हरेक सुविधाबाट बञ्चित हुनुप¥यो, तर राज्यले हेरेन ।’ ‘अलि अलि कमाएर बचाएको पनि सकियो ऋण पनि पाइएन कम पनि भएन यसैले आफु र परिवार भोकभोकै सुत्न पनि बाध्य भयौं, अझै महामारी आउदैछ अरे सरकारले हामीले हेर्नुपर्छ ।’ विराटनगरमा आयोजित एक कार्यक्रममा सडकपेटीमा जुत्ताचप्पल सिलाएर जिविकोपार्जन गर्ने मोचिहरुको गुनासो गरेका हुन् । शनिवार जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र स
रंगली/ शनिवार मोरङको एक मोटरसाइकल ग्यारेजमा आगली हुदाँ लाखौंको क्षेती भएको छ । मोरङ सुनवर्षि नगरपालिका ५ मा झिङ्गिटोल नजिकै रहेको स्थानिय निमेश मण्डलले सञ्चालन गर्दै आएको ग्यारेजमा आगलागी भएको हो । आगलागीबाट ५४ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । आगलागीबाट बिक्रीका लागि राखिएको मोटरसाइकलका सामान तथा मर्मतका लागि राखिएको ५ वटा मोटरसाइकल र १ वटा स्कुटर जलेर नष्ट भएको छ । शनिवार राति ८ बजेदेखि लागेको अगो नेपाल प्रहरी, सस्त्र प्रहरी र स्थानियको सहायोगमा गए राति नै नियन्त्रणमालिएको प्रहरीले जनाएको छ ।
इलाम/ चियाको गुणस्तर बृद्धिका लागि किसान समक्ष जनचेतना जगाउन नेपालका मिडियाले महत्वपूर्ण भुमिका खेलेको सरोकारवालाले बताएका छन । नेपाल पत्रकार महासँघ इलाम शाखाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीले मिडियाले महत्वपूर्ण भुमिका खेलेको बताएका हुन । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको सहयोगमा आयोजना भएको कार्यक्रममा सबै किसानका घरघरमा पुग्न नसके पनि मिडिया घरघरमा पुगेर किसानका कुरा उठाएको र जनचेतनामा सघाउ पुर्याएको बताए । कोभिडको समयमा पनि नेपालको चियाले चार अरबको हाराहारीमा विदेशि मुद्रा भित्रयाउन सफल भएको भन्दै विश्वमै नेपाली चियाको गुणस्तर एक नम्बर रहेको र कुनै पनि कारण देखाएर क
धरान/ लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ “टुबोर्ग मेगा लाइभ कन्सर्ट” को आयोजना हुँदैछ । चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ । रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांङ सँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय बिश्वकर्मा लगायतका अन्य ब्याण्ड सदस्यहरु “टुबोर्ग मेगा लाइभ कन्सर्ट”का लागि धरान आइसकेका छन् । बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका तामांङगको केटा –केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनता
धरान/ भोजपुरका सुन्तला कृषक मणिराम राई यस बर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा बढी मूल्यमा विक्री गर्न पाउदा दंग छन् । विगतको बर्ष भन्दा उत्पादन बढी र मूल्य पनि सोचेभन्दा बढी पाउँदा उनी दंग भएका हुन् । उनी भन्छन्, ‘यस बर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत बर्षको भन्दा बढी मूल्य पाएको छु, यस बर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत बर्ष कृषि बजारमा थोक मूल्यमा सरदर एक सय रुपैया प्रतिकेजी विक्री भएको सुन्तला यस बर्ष १ सय २० रुपैया प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य बृद्धिसँगै उत्पादन पनि सोचेजस्तो भएपछि यस बर्ष
सुनसरी । जिल्लाका विभिन्न क्षेत्रका समस्याका साथै प्राथमिताका आधारमा गर्नुपर्ने विकास निमार्ण योजनाहरु नेकपा एकिकृत समाजवादी सुनसरीले प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको छ । नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाका अनुसार पार्टीको पदाधिकारीसहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री राईलाई भेट गरि सुनसरी जिल्लामा रहेका विभिन्न क्षेत्रका समस्याका बारेमा अवगत गराई विकासका योजनाहरु बुझाएको हो । अध्यक्ष निरौलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कार्यालय विराटनगरमा भेट गरि राईलाई सुनसरीको शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक, पुल, किसानका समस्या, महिला स्वरोजगारका स