प्राथमिकताको आधारमा विकासका योजना बनाउन माग

  • पुस ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । जिल्लाका विभिन्न क्षेत्रका समस्याका साथै प्राथमिताका आधारमा गर्नुपर्ने विकास निमार्ण योजनाहरु नेकपा एकिकृत समाजवादी सुनसरीले प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको छ ।

नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाका अनुसार पार्टीको पदाधिकारीसहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री राईलाई भेट गरि सुनसरी जिल्लामा रहेका विभिन्न क्षेत्रका समस्याका बारेमा अवगत गराई विकासका योजनाहरु बुझाएको हो ।

अध्यक्ष निरौलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कार्यालय विराटनगरमा भेट गरि राईलाई सुनसरीको शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक, पुल, किसानका समस्या, महिला स्वरोजगारका सवाल, शान्ति सुरक्षा लगायतका बिषयमा जानकारी गराएको थियो ।

अध्यक्ष निरौलाले नेकपा एस सुनसरीले १२ वटा पालिका रहेको जिल्लामा प्राथमिकताका आधारमा पर्यटन, कृषि, उधोग, भौतिक पुर्वाधार विकास, सिचाई, ढल निकास लगायतका योजना संचालनमा स्थानीय स्तरमा समन्वय गरि काम गर्न सुझाव दिएको बताए ।

मुख्यमन्त्री राईले गठबन्धन सरकार भएकाले नेपाली काग्रेसको महाधिवेशन सकिए लगतै मन्त्रीमण्डल विस्तार पछि विकासका कामले गति लिने गरि योजना कार्याव्यन हुने जनाउदै सुनसरीका समस्याका बारेमा मन्त्रीपरिषद बैठकमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved