धरानमा सुनसरीकै ठूलो यलम्बरको प्रतिमा निर्माण

  • पुस ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा प्रतिमाको अनावरण गरिएको छ ।

एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिमाको अनावरण गरेका छन् ।  धरानका स्व. क्याप्टेन भीमराज राईको सम्झनामा श्रीमती धुर्पीमाया राई, छोराबुहारी बीरबहादुर, लीलादेवी राईलगायत परिवारनै मिलेर प्रतिमा निर्माण गरिदिएका हुन् ।

यसैबीच सोमबार नै पार्कमा उधौली पर्व पनि धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा उधौली पर्व आयोजना गरिएको नवनिर्वाचित अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । त्यहाँ औपचारिक कार्यक्रमसँगै उधौली कार्यक्रम पनि राखिएको थियो ।

मौलिक पहिरनमा सजिएका किरात राई युवायुवती, वृद्धवृद्धाहरु गोलाकार भएर साकेला सिली नाच्न थालेपछि पार्क साकेलामय समेत बनेको थियो । यस्तै, मङ्सिरे पूर्णेमा पाकेको अन्नबालीलाई घरभित्र हुलेर सबैभन्दा पहिला आफ्ना पितृहरुलाई चढाई आशिष मागेर परिवारबीच भेटघाट गरी साकेला नाचिन्छ । यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पूजाआजा गर्ने गरेका छन् । राईहरुले बैशाख पूर्णेदेखि १५ दिनसम्म लगातार साकेला नाचेर उभौली मनाउने गरेका छन् ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved