सुन्तलाको कारोबारमा वृद्धि : कृषक लाभान्वित

  • पुस ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ भोजपुरका सुन्तला कृषक मणिराम राई यस बर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा बढी मूल्यमा विक्री गर्न पाउदा दंग छन् । विगतको बर्ष भन्दा उत्पादन बढी र मूल्य पनि सोचेभन्दा बढी पाउँदा उनी दंग भएका हुन् । उनी भन्छन्, ‘यस बर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत बर्षको भन्दा बढी मूल्य पाएको छु, यस बर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत बर्ष कृषि बजारमा थोक मूल्यमा सरदर एक सय रुपैया प्रतिकेजी विक्री भएको सुन्तला यस बर्ष १ सय २० रुपैया प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य बृद्धिसँगै उत्पादन पनि सोचेजस्तो भएपछि यस बर्ष ५ लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्यमा छु, सोचेको लक्ष्य पुग्छ भन्ने मलाई लागेको छ ।

अघिल्लो बर्षको तुलनामा यस वर्ष कृषि बजारमा कृषकहरुले बढी सुन्तला ल्याएको व्यापारीहरु बताउँछन् । कृषि बजारका थोक विक्रेता टिकाराम श्रेष्ठले मंसिर र पुसको पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । उनले भने, ‘हामीले कृषकबाट होलसेलमा प्रतिकेजी १ सय २० ले खरिद गरेका छौं, यही सुन्तला खुद्रामा व्यापारीले १ सय ५० रुपैयासम्म विक्री गर्ने गर्छन्् ।’ कार्तिक महिनादेखि चैत्र महिनासम्म कृषि बजारमा सुन्तला आउने गर्छन । सुन्तलाको मुख्य सिजन पौष र माघलाई मानिन्छ । कृषि उपज बजार स्थलका अनुसार गतको मंसिर सम्ममा मात्र कृषि बजारबाट १ हजार ५० मेट्रिक टन कारोबार भएको जनाएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले अघिल्लो वर्ष प्रतिकेजी १ सय रुपैयाको दरका हिसाबले मूल्यांकन गर्दा पनि औसत ११ करोड बराबरको सुन्तलाको कारोबार भएको बताए । उनी भन्छन्, ‘गत बर्षको तुलामा यही समयमा कृषि बजारबाट सुन्तलाको कारोबार बढी भएको पाइएको छ ।’

उनले यसबर्ष मंसिर मसान्त सम्म १ हजार २ सय ८० मेट्रिक टन कारोबार हँुदा १३ करोड मूल्य बराबरको सुन्तला विक्री भएको बताए । उनका अनुसार आर्थिक बर्ष २०७७÷७८ मा पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सून्तला ५ हजार ८ सय ३९ मेट्रिक टन कारोबार भएको थियो । जसको औसत मूल्य ५८ करोड मूल्य बराबरको भएको छ । अहिले कृषि बजारमा सुन्तला दैनिक ३५देखि ५० मे.टन सम्म कारोबार भईरहेको उनको भनाई छ । उनले भने, ‘विक्री भएको सुन्तला अहिले धनकूटाको बूधूक, बोधे, खोकू भोजपूरबाट आईरहेको छ, ।

सिजन अझै बा“की रहेका कारण सुन्तला आउने क्रम जारी छ ।’ यस बर्ष पनि सिजनभरि गत बर्षकै हाराहारीमा कारोबार हुने अनुमान गरिएको बताए । उनका अनुसार यस बर्षको सिजनभरि कृषि बजारबाट ६ हजार ५ सय मेट्रिक टन अर्थात ७१ करोड बराबरको सुन्तला कारोबार हुने आकलन कृषि बजारले गरेको छ । कृषि बजारबाट सुन्तला पूूर्वकै ईटहरी, बिराटनगर, दमक, बिर्तामोड, राजबिराज, लाहान, जनकपुर लगायतका शहरहरुमा जाने गरेको व्यवस्थापक भट्टराई बताउँछन् । सुन्तला भारतीय बजारसम्म पुग्ने गरेको उनले बताए ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved