रबिन एंड द न्यु रेभुलेसनको टुबोर्ग मेगा कन्सर्ट आज

  • पुस ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ “टुबोर्ग मेगा लाइभ कन्सर्ट” को आयोजना हुँदैछ ।
चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ । रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांङ सँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय बिश्वकर्मा लगायतका अन्य ब्याण्ड सदस्यहरु “टुबोर्ग मेगा लाइभ कन्सर्ट”का लागि धरान आइसकेका छन् ।

बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका तामांङगको केटा –केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिबाजी, जति माया लाए पानी लगायतका गीतहरु चर्चित छन् । चार बर्ष अघि न्यु योर इभ कन्सर्टमा धरान आएका गायक रबिन तामाङ धरानको प्रत्येक कन्सर्ट बिशेष लाग्ने बताउंदै उनले भने, “लामो ग्यापमा हुने कार्यक्रममा आइरहेको छु, सम्पूर्ण धरान र यस वरपरका दर्शकहरुलाई कन्सर्टमा आएर रमाइलो गर्न संगीतमा रमाउन अनुरोध गर्दछु ।”

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजना हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । गोर्खा ब्रुअरीको मुख्य प्रयोजन डिभाईन वाइन प्रिमियम, रेडब्लु इनर्जी ड्रिंक, जल पाइप्सको सह प्रायोजन, ब्ल्याकपिग इन्टरटेनमेन्ट, एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो र हंगकंग खबर डटकमको बिशेष सहयोग र हाङ्कुक सारंग रेस्टुरेन्ट, भिन्टेज फेमेली रिसोर्ट, डी मांडू ज्वाईखाना र फ्रेन्ड्स गार्डेनको सहयोगमा हुन लागेको कन्सर्टको साउण्ड र लाइट सुन्दर साउण्ड सर्भिस धरानको रहेको छ ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७, धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भईसकेको छ । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved