समाज

    Showing 5,301-5,310 of 6,736 items.
  • सर्दू जलाधारको किचलो: जग्गा रोक्का भएपछि पीडित पुगे मालपोत कार्यालय

    धरान । मालपोत कार्यालय धरानले हचुवाका भरमा धरान १३ का जग्गा रोक्का गरिँदिँदा स्थानीयले दुःख पाएका छन् । सर्दू जलाधारको किचलोभित्र आफ्नो नम्बरी जग्गालाई मुछेर रोक्का गरिदिए पछि घर निर्माण, नक्सा पास, बित्तीय कारोबार, किनबेचलगायतका आधारभूत काम ठप्प भएको स्थानीयको गुनासो छ । सर्दू जलाधार क्षेत्रको किचलोमा परेका धरान १३ का सूर्य मार्ग, शिवधारालगायतका शहरी क्षेत्रका स्थानीयले जग्गाको कारोबार बन्द भएपछि मार्कामा परेको भन्दै रोक्का जग्गा फुकुवा गर्न पहल समिति निर्माण गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मालपोत कार्यालय धरानले जग्गा रोक्का गरिँदिँदा धरान १३ का स्थानीय पीडित भएको भन्दै मङ्गलबार माल

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौथों हप्ता पनि पिण्डेश्वरमा बोलबम भक्तजनको घुइँचो: बोलबम आस्था भन्दा फेशन बन्दै

     धरान । साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका थिए । ती मध्ये एक समुह जसले छुट्टै प्रकारको वस्त्र पहिरिएका थिए । इटहरीबाट आएका १२ जना युवतीको समूह त्यो भीडमा अलग्गै रुपमा प्रस्तुत थिए । पछिल्लो समय बोलबम भक्तजनहरु धार्मिक आस्था राखेर मनोकामना पूरा गर्ने अभिलाषा लिएर आउने भन्दा पनि बोलबम फेशनका साथै प्रचार गर्ने माध्यमका रुपमा लिने गरेको पाइएको छ । मन्दिर परिषर बाहिर विभिन्न संघ संस्थाले व्यानर नै टाँगेर पानी, सर्वतपानी, फलफूल, पूरी तरक

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विजयपुरमा आइतबारदेखि आरती: पर्यटन प्रवद्र्धनका लागि महाआरती सहयोगी बन्ने

    धरान । बोलबम मेला लागेसँगै धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा भक्तजनहरु आउने क्रम बढेको छ । भक्तजनहरुको चाहनालाई मध्यनगर गरी भारतका विभिन्न शिवालयहरुमा हुने गंगा आरती ५ बर्ष अगाडिदेखि पिण्डेश्वर मन्दिरमा शुरु गरिएको हो । धरानस्थित पिण्डेश्व बाबाधाम समितिले प्रत्येक बर्ष साउनमा आयोजन गर्ने गरेको छ । विगतमा हुने भारतमा हुने आरती नेपालमै हुन थालेपछि भक्तजनहरु अपेक्षाकृत रुपमा बढेको समितिले बताएको छ ।   गेरुबस्त्र धारी भक्तजनहरुले सुनसरीको चतरास्थित सप्तकोशी नदीबाट जल बोकी १७ किमीको दूरी पार गरी मन्दिरमा जल चढाउनेको गरे पनि विगतमा महायज्ञका लागि भने भारतका विभिन्न शिवालयमा नपुगी धरै थिएन

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने

    धरान । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए । उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अ

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराह बचतकर्ताको आन्दोलन: मेयर साम्पाङको अभिव्यक्तिले द्वन्द बढायो

    धरान । बचत गरिएको रकम फिर्ता गर्न पहल गरिदिन माग गर्दै आन्दोलनमा रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको जवाफले भिडलाई द्वन्दात्मक अवश्थामा पु¥याएको छ । मेयर साम्पाङले आइतबार धरान उपमहानगरपालिका पुगेका बचतकर्तालाई सहकारीमै गएर माग्नुस भन्दै जवाफ दिए पछि अवश्था द्वन्दात्मक अवश्थामा पुगेको छ । न्यायका लागि स्थानीय सरकारलाई गुहारिरहेका बचतकर्ता प्रति मेयरले दिएको गैह्रजिम्मेवार जवाफले सहकारी र बचतकर्ता बिच द्वन्द बढ्ने सक्ने भन्दै सामाजिक सञ्जालहरुमा नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । मेयर साम्पाङले बराहमै गएर आफ्नो फसेको रकम उठाउन

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दू जलाधारको किचलोमा शहरी क्षेत्र: सिमांकन नहुँदा स्थानीय आन्दोलित

    धरान । सर्दूजलाधार क्षेत्रमा नपर्ने जग्गा समेत रोक्का भएपछि बैंकिङ कारोबार तथा विक्री गर्न नपाएपछि धरान १३ का सर्वसाधारण पीडित बनेका छन् । साविकको बाँझागारा ९.‘क’ मा पर्ने शहरी क्षेत्रका जग्गा रोक्का भएपछि स्थानीय सर्दु जलाधार क्षेत्रको क्षेत्र छुट्याएर सिमांकन गर्न र जलाधार क्षेत्रमा नपरेका घर जग्गालाई फिर्ताको माग गर्दै आन्दोलित भएका छन् । वर्षौदेखि भोगचलन गर्दै आएको शहरी क्षेत्रको जग्गालाई समेत सर्दू जलाधार क्षेत्रसँग जोडिएर रोक्का गरिएपछि स्थानीय आन्दोलित भएका हुन् । यसको समाधानार्थ पीडितले पहल समिति निर्माण गरेका छन् । उनीहरुले पहिले शान्तिपूर्ण आन्दोलन र पछि संघर्षका कार्यक

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को नाम सगरमाथा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    धरान । पहिचानवादीहरुले पहिचानको आधारमा प्रदेश नं. १ को नामाकरणको माग राख्दै आन्दोलन चर्काइरहेको बेला संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश एकको नाम सगरमाथा राख्नुपर्ने मागलाई अगाडि सारेका छन् । बुधबार उनीहरुले प्रदेश एकको नाम सगरमाथा हुनुपर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले ज्ञापनपत्रमा प्रदेश १ मा विभिन्न जातजातिको बसोबास भएकोले इतिहासमा भेटिने, इतिहास बोल्ने जातिको जनसंख्या कम भएकाले जातिको आधारबाट नामकरण हुँदा सबैलाई समेट्न नसकिने भएकनोले सगरमाथा नाम उपयुक्त हुने जनाएका छन् । लोकतन्त्रमा निर्वाचनको परिणामलाई स्विकारे जस्तै बह

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अव्यवस्थित टहरा भत्काइयो

    धरान । धरान उपमहानगरपालिकाभित्र अव्यस्थित रुपमा बसाइएको टहरा भत्काइएको छ । धरान नगर.प्रहरी, ,सशस्त्र प्रहरी ,बन डिभिजनका प्रहरीहरुले धरान उपमहानगरपालिकाको वडा नं. १७ को एन्फा एकेडेमी पश्चिम् उत्तरतर्फको जग्गामा बनाएको रत्न बहादुर कटुवाल, सन्तोष राई, तिलक बहादुर बि.क.ले बनाएको टिनको जस्ताको टहरा भत्काएको हो । सरकारी जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा टहरा निर्माण गरी बसोवास गरेका कारण भत्काइएको नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार निषेधित क्षेत्रमा बनाइएका टहरा ५ दिन भित्रमा हटाउन सूचना जारी र्दा समेत नहटाइएपछि उपमहानगरपालिकाले विहीबार हटाइएको हो । उनले भने&n

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 1,105 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धाननाच र पालम गाएर प्रदेशको माग

    धरान । प्रदेश सरकारको कार्यकाल सकिन लाग्दा पछिल्लो समय प्रदेशको नामको विषय पेचिलो बन्दै गएको छ । पहिचानवादीहरुले पहिचानको आधारमा नामाकरण गरिनुपर्ने चर्को आवाज उठाउदै आन्दोलन चर्काइरेका छन् । दलहरुबीच नै प्रदेशको नामाकरणका विषयमा अन्यौलता रहेका बेला पहिचानवादीहरु भने पहिचानको आधारमा नामाकरण गरिनुपर्ने अडानमा अडिक छन् । सधै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने, ज्ञापनपत्र बुझाउने गरेका उनीहरुले मंगलबार भने साँस्कृतिक नाँच प्रदर्शन गर्दै नामाकरणमा माग गरेका छन् । प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश सभा अगाडि जातीय भेषभूषा सहित धान

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 1,198 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि प्रधान देश नेपाल: निर्यात भन्दा आयात बढी

    धरान । नेपाल कृषि प्रधान देश हो । कृषिका लागि सरकारले अरबौ खरबौ बजेट छुट्याएको छ तर यही कृषिप्रधान देश नेपालमा छिमेकी मुलुक भारतको भर पर्नुपर्ने अवस्था देखिएको छ । यसको उदाहरण पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय तथ्यांकमा पाइएको छ । आर्थिक बर्ष २०७८÷०७९ लाई हेर्ने हो भने काँकडभिट्टा नाका भएर कृषि सामाग्री निर्यात भन्दा आयात बढी देखिएको छ । यो आर्थिक बर्षमा एक अर्ब रुपैया भन्दा बढीको कृषि सामाग्री भारत तथा तेस्रो मुलुकबाट आयात भएको तथ्यांक क्वारेन्टाइन कार्यालयसँग रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷ ७९ मा यो नाका भ

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved