कृषि प्रधान देश नेपाल: निर्यात भन्दा आयात बढी

  • साउन १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल कृषि प्रधान देश हो । कृषिका लागि सरकारले अरबौ खरबौ बजेट छुट्याएको छ तर यही कृषिप्रधान देश नेपालमा छिमेकी मुलुक भारतको भर पर्नुपर्ने अवस्था देखिएको छ ।

यसको उदाहरण पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय तथ्यांकमा पाइएको छ ।

आर्थिक बर्ष २०७८÷०७९ लाई हेर्ने हो भने काँकडभिट्टा नाका भएर कृषि सामाग्री निर्यात भन्दा आयात बढी देखिएको छ । यो आर्थिक बर्षमा एक अर्ब रुपैया भन्दा बढीको कृषि सामाग्री भारत तथा तेस्रो मुलुकबाट आयात भएको तथ्यांक क्वारेन्टाइन कार्यालयसँग रहेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷ ७९ मा यो नाका भएर ८ अर्ब ३५ करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ भने सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट ९ अर्ब ४ करोड ९० लाख ६३ हजार रुपैयाँको सामग्री आयात भएको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री, चना, भटमासलगायतका तेलहन, करेला, भान्टालगायत ताजा तरकारी, ताजा फलफूल, इण्डोनेशियन सुपारीलगायत मसलाजन्य सामग्री आयात भएको छ । उनले भने–‘ यही अवधिमा ताजा तरकारी, सुगनकोकिला, दालचिनी लगायतका जडीबुटी, मुसुरो दाल, चिया, अदुवा, अलैँची, वनलसुन, तोरीको पिना, अम्रिसो, चामल गरी जम्मा ८ अर्ब ३५ करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको देखिन्छ ।’

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved