बराह बचतकर्ताको आन्दोलन: मेयर साम्पाङको अभिव्यक्तिले द्वन्द बढायो

  • साउन १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बचत गरिएको रकम फिर्ता गर्न पहल गरिदिन माग गर्दै आन्दोलनमा रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको जवाफले भिडलाई द्वन्दात्मक अवश्थामा पु¥याएको छ ।

मेयर साम्पाङले आइतबार धरान उपमहानगरपालिका पुगेका बचतकर्तालाई सहकारीमै गएर माग्नुस भन्दै जवाफ दिए पछि अवश्था द्वन्दात्मक अवश्थामा पुगेको छ । न्यायका लागि स्थानीय सरकारलाई गुहारिरहेका बचतकर्ता प्रति मेयरले दिएको गैह्रजिम्मेवार जवाफले सहकारी र बचतकर्ता बिच द्वन्द बढ्ने सक्ने भन्दै सामाजिक सञ्जालहरुमा नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
मेयर साम्पाङले बराहमै गएर आफ्नो फसेको रकम उठाउनुस भन्ने सामाजिक सञ्जालको अभिव्यक्तिले बराहको सपिङ सेन्टरहरु मै भौतिक क्षतिमा बचतकर्ता उत्रिए त्यसको जिम्मेवार कसले लिने भन्ने किसिमका टिप्पणीहरु आउन थालेका छन् । कानुनी उपचारको बाटो सुझाउनु पर्ने अवश्थामा न्याय खोज्दै आएका नागरिकलाई उल्टै आक्रोशित बनाउने गरि मेयरको अभिव्यक्ति आएको सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।

आइतबार बचतकर्ताहरु उपमहानगरपालिकाले गठन गरेको कार्यदलले गरेका प्रगतिका विषयमा जानकारी लिन पुगेका थिए । दिउँसो ११ बजे देखि उपमहानगरपालिकाको प्राङ्गणमा भेला भएका बचतकर्ताहरुले ३ बजे सम्म मेयरलाई पर्खेका थिए । मेयर उपस्थित भए सँगै कार्यदलले गरेका प्रगतिका विषयमा जानकारी दिन खोज्दा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा जम्मा गर्नु भको हो र रु उतै गएर माग्नुस’ भन्दै कड्किएका थिए । उनको जवाफले आक्रोशित बनेको भिडलाई नियन्त्रण गर्न प्रहरीनै परिचालन गर्नुपरेको थियो । भिडलाई मेयर साम्पाङको कार्यकक्षको झ्याल समेत तोडफोड गरेका थिए ।

सोमबार देखि बराह बचतकर्ताहरुको आन्दोलनले फरक मोड लिएको छ । मेयरको जवाफले आक्रोशित बनेका आन्दोलनकारीहरुले बराहकै भौतिक संरचनाहरु तोडफोड गर्न सक्ने आशंका गरिएको छ । मेयरको जवाफलाइ आधार बनाएर पिडितहरुले वराहको चल र अचल सम्पतिमाथी आक्रमण गरे भने यसको जिम्मेवारी कसले लिने रु एक स्थानीयले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । आइतबारको मेयरको भनाई गैह्र जिम्मेवार रहेको उनको टिप्पणी छ ।

मेयरले बराहका बचतकर्ताको समस्या समाधान गर्ने भन्दै पनि यसलाई आलोचनात्मक बनाउँदै गएका छन् । कतै आन्दोलनकारीलाई धम्कीपुर्ण भाषामा टिप्पणी गर्दै त कतै राजनिति रुप दिन थालेका छन् । सामाजिक सञ्जालहरुमा बराह पिडितहरुको आन्दोलनलाई राजनितिक बदलाको संज्ञा दिएका छन् । यसले पनि पिडितहरुको आन्दोलनलाई थप आक्रोशित बनाउन खोजिरहेको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved