चौथों हप्ता पनि पिण्डेश्वरमा बोलबम भक्तजनको घुइँचो: बोलबम आस्था भन्दा फेशन बन्दै

  • साउन २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका थिए ।

ती मध्ये एक समुह जसले छुट्टै प्रकारको वस्त्र पहिरिएका थिए । इटहरीबाट आएका १२ जना युवतीको समूह त्यो भीडमा अलग्गै रुपमा प्रस्तुत थिए । पछिल्लो समय बोलबम भक्तजनहरु धार्मिक आस्था राखेर मनोकामना पूरा गर्ने अभिलाषा लिएर आउने भन्दा पनि बोलबम फेशनका साथै प्रचार गर्ने माध्यमका रुपमा लिने गरेको पाइएको छ ।

मन्दिर परिषर बाहिर विभिन्न संघ संस्थाले व्यानर नै टाँगेर पानी, सर्वतपानी, फलफूल, पूरी तरकारी, खिर लगायतका सामाग्री वितरण गरिरहेका दृश्य देखिन्थ्यो भने युवा पुस्ता टिकटक बनाउने, फोटो खिच्ने कामामा व्यस्थ देखिन्थे ।

तर उनीहरु बोलबम फेशन नभएर भगवानको आस्था रहेको भन्न भने पछि पर्दैनन् इटहरीबाट आएको टोली बोलममा गेरुवस्त्र (पहेलो वस्त्र) शिवको मनपर्ने वस्त्रको रुपमा लिने गरिन्छ तर उनीहरुले सेतो बुट्टे वस्त्र प्रयोग गरेका थिए । तीमध्ये पुनम माझीले आफूहरुको टोली फरक वस्त्रमा आए पनि आफूहरुको आस्था बोलबमप्रति प्रगाढ भएका बताइन् । उनले भनिन्–‘धार्मिक अस्थालाई वस्त्रले तुलना गर्न मिल्दैन, जुनसुकै वस्त्र लगाए पनि धार्मिक अस्था भने मर्दैन ।’

सामाजिक कार्यमा समेत अग्रसर बताउने उनीहरुले परम्परागत रुपमा मनाउदै आएको संस्कारलाई जोगाउनुपर्ने आवश्यकता रहेको बताएका थिए । गेरु वस्त्र लगाएर आउनुपर्ने बोलबममा गेरुवस्त्र भन्दा पनि आस्था सबैभन्दा ठूलो भएको तर्क सोही टिममा आएकी रुना अधिकारीले समेत बताइन् । उनले भनिन्–‘नेपालीको पहिचान भनेकै धर्म संस्कृति हो, यसलाई बचाउन अब युवा पुस्ता लाग्न जरुरी छ ।’

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved