समाज

    Showing 4,411-4,420 of 6,734 items.
  • पत्रकार शुद्धीकरणको बुदा नमानेको भन्दै झापाका पत्रकारनै आन्दोलनमा

    झापा /  झापाको पत्रकार महासंघले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ। महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिए । ू हामीले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेका छौ, यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएका छौ । हामी महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छनविन समिती बनाओस भन्ने चाहन्छौं  आचार्यले धर्ना कार्यक्रमलाई सम्बोध

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 734 पटक पढिएको
    • "चन्दन रौनियार "
  • कोशी प्रदेश प्रहरी प्रमुखले गरे जिल्ला प्रहरी कर्यालय सोलुखुम्बुको निरीक्षण

    सोलुखुम्बु/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय, सम्पुर्ण शाखाहरु, तथा हिरासत कक्षको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् । निर्देशनको क्रममा उनले सोलुखुम्बु जिल्ला पर्यटकिय क्षेत्र भएको हुँदा कार्यरत प्रहरी कर्मचारीहरुले बिशेष ध्यान दिई कार्य गर्न र देश बिदेशबाट आऊने पर्यटकहरुको जानकारी लिई सुरक्षा ब्यबस्था मिलाउनका साथै यातायातको पहुँच कम भएको हुँदा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी स

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा दलित सशक्तीकरण ऐनको ड्राफ्ट मेयर र उपमेयरलाइ बुझाइयो

    धरान /  धरानको दलित समुदायको बिकाश र हक अधिकारलाई सुनिश्चित गर्न स्थानीय स्तरमा दलित सशक्तिकरण ऐन निर्माणका लागि ड्राफ्ट तयार गरिएको छ। आउदो असार १० गते हुते नगर सभामा ड्राफ्ट टेबल गर्न अनुरोध गर्दै धरानका दलित जनप्रतिनिधिहरुले मेयर र उपमेयरलाइ ऐनको ड्राफ्ट बुझाएका छन् । दलित विकास समिति गठन, समानुपातिक सहभागिता तथा प्रतिनिधित्वको व्यवस्थापन, परम्परागत कला, ज्ञान, सीप श्रम तथा दक्षतासम्बन्धि व्यवस्थालगायत मुद्दा समावेश ‘दलित सशक्तीकरण ऐन’ निर्माणका लागि धरान उपमहानगरपालिकालाई ड्राफ्ट बुझाइएको हो । बिहीबार धरान नगर प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम बेघालाई ऐ

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भालढुंगा माविलाई सुच्चा राईहरुद्वारा दशवटा पंखा प्रदान

    धरान / आफ्नो जातीय उत्थानका लागि गठन भएको सुच्चा राई कल्याणकारी समाजले पछिल्लो समय सामाजिक कार्यलाई समेत निरन्तता दिँदै आएको छ । समाजले जातीय उत्थानका लागि मात्र हैन समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने, शैक्षिक क्षेत्रमा सहयोग गर्ने, लगायतका कामलाई निरन्तता दिँदै आएको छ । पछिल्लो समय समाजले धरान उपमहानगरपालिकाको २० नं वडामा रहेको भालढुंगा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १० थान पंखा दिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार राईले समाजालाई जानकारी गराएपछि सहयोग स्वरुप विद्यालयल

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा घर भई हाल मझुवागढी ७ बस्दै आएका ३२ बर्षीय बालजीत राईले मंगलवार साँझ ७ बजे सामान्य बादबिवादका कारण आफ्नै श्रीमती २८ बर्षीय सरीता तामाङलाई कुटपिट पश्चात खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले राईलाई पक्राउ गरेको हो । घर नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहे

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्रोत नखुलेको रकम सहित दुइजना भारतीय पक्राउ

    सुनसरी /  सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरिले नगद सहित दुई जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । कोशी गाँउपालिकाको वडा नं. ८ बाट स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ परेका हो । सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले भारतबाट नेपाल पैदल आउँदै गरेका भारत बिहार राज्य जिल्ला दरभङ्गा ग्रामपञ्चायत वडा नं १ का ३१ बर्से अमलजित मुखिया र सोही ठाउँका १८ बर्से अमितकुमार पक्राउ परेका हुन्। दुवैलाई शंका लागि जाँच गर्ने क्रममा अवैध रूपमा स्रोत नखुलेको दुई लाख २५ हजार ७ सय ७५ भारतीय रूपैयाँसहित नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाइएको छ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको संक्रमण रोग तथा सघन उपचार केन्द्र प्रयोग विहीन

    मोरङ/  कोभिड १९को संरचनामा सञ्चालित संक्रामक रोग तथा सघन उपचार केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ । संक्रमणजन्य तथा सरुवा रोग उपचारका निम्ति विराटनगरमा सञ्चालनमा ल्याइएको अस्पताल अहिले प्रयोग विहीन अवस्थामा रहेको हो । करोडौको लगानीमा स्थापित अस्पताल वैकल्पिक रुपमा प्रयोग हुन नसक्दा प्रयोगविहीन बनेको हो । कोरोना संक्रमित विरामीहरुका निम्ति स्थापित कोभिड १९ उपचार केन्द्रलाई रुपान्तरण गरेर २०७९ असोज ५ गते सरकारले सो अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पतालबाट कोभिड र डेंगु जस्ता संक्रमणजन्य रोगहरुको उपचार गर्ने प्रदेश सरकारको तयारी थियो । त्यसका लागि सरकारले ओपिडी समेत सञ्चालनमा

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 726 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छाता ऐनको बिरोध गर्दै धरानेले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    धरान /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनअन्तर्गत राख्ने निर्णयको विरोध गर्दै स्थानीयले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति, धरान गठन गरी आन्दोलनमै उत्रेको छ । आज धरानका निमित्त उपकुलपति सञ्जीव शर्मामार्फत् स्वास्थ्य मन्त्री रहेका सहकुलपति र कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको हो । ‘नेपालको सबैभन्दा जेठो स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको नाताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आफूभन्दा कान्छा प्रतिष्ठानको मातहतमा जाने गरी यसको ऐन खारेज गरी नयाँ प्रतिष

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेडक्रसको रक्तदान कार्यक्रम सम्पन्न

    दुहबी / नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुहवी नगरपालिका वडा नं ५ स्थित नगरपालिकाको प्राङ्गनमा नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाले विश्व रक्तदाता दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार विभाग, विराटनगरको प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ४ महिला सहित ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । दुहवी नगरपालिका नगरप्रमुख वेद नारायण गच्छदारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाका उपाध्यक्ष शुशिला काफ्ले,सचिव रमेश बाबु थापा, प्रविन अग्रहरी, नविन रौनि

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 1,180 पटक पढिएको
    • " चन्दन रौनियार"
  • आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन । बुधबार गरिएको उद्घाटन समारोह कार्यक्रममा मेयर कोइरालाले २०७७ सालदेखि उक्त वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । तर आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आउदा केहि समस्या हुने गर्थ्यो । तर ३ बर्षको अबधिमा महानगरले आफ्नै जग्गामा एकतले भवन निर्माण गर्न सक्षम भएकोमा खुशि व्यक्त गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने मेयरको योजना रहेको बताएका छन । उनले सेवा केन्द्रबाट ज्येष्ठ

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved