समाज

    Showing 4,371-4,380 of 6,734 items.
  • घट्यो सुन–चाँदीको भाउ

     सुनसरी / मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार (आज) प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १हजार ४ सय ४० रुपैयाँमा

    • प्रकाशित मितिः असार ५, २०८०
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन सञ्चार गृहको आग्रह

    झापा / नारी सञ्चार गृह झापाले पत्रकार महासंघले ल्याएको सदस्यता शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन आग्रह गरेको छ ।   टोलीले नेपाल पत्रकार महासंघ झापा र शाखामार्फत पत्रकार महासंघ कोशी प्रदेश तथा नेपाल पत्रकार महासंघ केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारितामा विगत ३ वर्षयता पूर्ण रुपमा निश्क्रिय नरहेका महिला पत्रकारहरुलाई शुद्धीकरणको कसीमा नराख्न माग गर्दै महिला पत्रकारको सदस्यता शुद्धीकरण गर्नु अघि गम्भिर र संवेदनशिल हुन माग गरेको हो । संचार गृहकी अध्यक्ष रेजिना गौतमले नेपाल पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह

    • प्रकाशित मितिः असार ५, २०८०
    • 739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण

    विराटनगर/  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ । महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो । आज महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरुलाई मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिऊ बोका हस्तान्तरण गर्नुभयो । समूहमा आबद्ध महिलाहरुले व्यवसायिक बाख्रा पालन गरेर स्वरोजगार भएका छन् । महानगरले ८ दिने उद्यमशीलता र ७ दिने सीपमूलक तथा बाख्रा पा

    • प्रकाशित मितिः असार ५, २०८०
    • 763 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई दिनमा कवाडी पसल हटाउन धरान १० का अध्यक्षको निर्देशन

    धरान/  कवाडी पसलले टोलमा दुर्गन्ध फैलाएको भन्दै वडा नम्बर १० का अध्यक्षले स्थानीय पसललाइ २ दिन भित्र हटाउन निर्देशन दिएका छन् । वडा अध्यक्ष बिबेक राइले ३५ दिन अघि पसल सार्न अल्टिमेटम सहितको सुचना टास गरेका थिए । आज ३३ दिन पछि अनुगमनका क्रममा २ दिन पसल सारी सक्न निर्देशन दिएका हुन् । धरान १० विशाल पथमा रहेको बेचनप्रशाद शाह र रोशन साहले सञ्चालन गरेको कवाडि पसल हटाउन निर्देशन दिएका छन् । पसलको अनुगमन गर्न वडाध्यक्ष सहित स्थानिय टोल विकास समितिका प्रतिनिधि र स्थानियवासीले पुगेका थिए । ३५ दिने सुचनालाई ख्याल गर्दै आधा भन्दा बढि सामान अन्यत्र सारी सकेको साहले बताए । बाकि रहेको सामा

    • प्रकाशित मितिः असार ५, २०८०
    • 3,351 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लियो जिल्ला अधिबेशनबाट इटहरीका खड्का निर्बिरोध निर्वाचित

    इटहरी / गत शनिवार इटहरीको लायन्स भवनमा भएको लियो जिल्ला परिषद ३२५ सी को जिल्ला अधिबेशनबाट अध्यक्षका एकल उम्मेद्बार नवराज सिह खड्का निर्विरोध निर्वाचित भएका हुन । लियोको जिल्ला परिषदका उपाध्यक्षका रुपमा रहेर समेत खडकाले काम गरि सकेका थिए । उनि इटहरी सुनसरी लियो क्लबको अध्यक्ष हुँदै जिल्ला परिषदका विभिन्न पदहरुमा रहेरकाम गरिसकेको अनुभव भएकाले पनि उनि निर्विरोधी चयन भएका हुन । आठ बर्षदेखि लियोमा आवद्ध भएर उनले बिभिन्न कालखण्डमा रहेर काम गरिरहेका थिए ।निर्वाचित भएपछि खड्काले आफ्नो क्षेत्रमा रहेका लियो क्लबले गर्ने हरेक कार्यको गतिविधिमा जिल्ला परिषदले पुलको काम गर्ने र सम्पुर्ण लियोमा लागेका युव

    • प्रकाशित मितिः असार ४, २०८०
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रैथाने बालीको प्रवद्र्धनका लागि तालिम

    धनकुटा । धनकुटामै उत्पादन भएको रैथाने बालीको सदुपयोग नभएको महसुस गरी धनकुटा नगरपालिका कृषि विकास शाखाले त्यहाँका सर्वसाधारणलाई रैथाने बालीको प्रवद्र्धनका लागि तालिम दिएको छ । धनकुटामा लगाउदै आएका रैथाने बालीहरुको सही सदुपयोग नभएको र आर्थिकोपार्जनमा ध्यान नगएको भन्दै असार २ र ३ गते दुई दिन तालिम दिएको थियो । सो अवसरमा यहाँ उत्पादन भएका रैथाने बालीको प्रवर्छन गर्दै होटल सञ्चालक र होम स्टे सञ्चालकहरुले भरपुर फाइदा लिन सक्ने भएकोले तालिमको आयोजना गरिएको धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनालले बताइन् । उनले भनिन्–‘ रैथाने बालीको प्रबर्धनको कार्यक्रम धनकुटा नगरमा सञ्ंचालन गर्न अत्

    • प्रकाशित मितिः असार ४, २०८०
    • 994 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

    सुनसरी /  केही दिन देखीको अबिरल वर्षाको कारण आएको बाढीपहिरोमा परेर ८ जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ। ती मध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या ५ छ। हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपता रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेहरूमा भोजपुर ट्याम्केमयुङ–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग ल

    • प्रकाशित मितिः असार ४, २०८०
    • 775 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेहेले मुकुभन्ज्याङमा पहिरोमा परि बाबुछोराको मृत्यु

    ताप्लेजुङ / आइतबार रातीको अबिरल वर्षा सङै झरेको पहिरोमा परी ताप्लेजुङ मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिएका छन् भने घाइते अवस्थामा फेला परेका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ । पहिरो झरेर बेपत्ता भएका केशरबहादुरलाई घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले बताए। घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामै उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको समेत उनले बताए। स्थानीयका अनुसार अहिले पनि मेहेलेका बिभिन्न क्षेत्रमा पहिरो गईरह

    • प्रकाशित मितिः असार ४, २०८०
    • 957 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  प्रदेश सरकार र पहिचानबादी  बिच वार्ता जारी

    सुनसरी / कोशी प्रदेश नामाकरणको बिरोध गर्दै आन्दोलनमा रहेका पहिचानबादीहरु सङ्ग प्रदेश सरकारको छलफल बिराटनगर जारी छ । केही दिन प्रदेश सरकारले वार्ता टोलि गठन गरि वार्ताको लागि आव्हान गरेको थियो । आज बिराटनगरमा पौने १० बजे देखि प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच वार्ता जारी रहेको छ । वार्तामा सरकारको तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन्। आन्दोलनरत पक्षका वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार ल

    • प्रकाशित मितिः असार ४, २०८०
    • 840 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि बजारमा खसी बोकाको कारोबार सदावहार

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार काेशी प्रदेश कै कृषक तथा व्यापारीहरुका लागि कारोबार गर्ने केन्द्रको रुपमा विकास भएको छ । यहाँ पूर्वी पहाडी जिल्लादेखि तराईका विभिन्न जिल्लाबाट कृषि सामाग्री ल्याएर किनबेच गर्ने थलोको रुपमा यसको परिचित बन्दै गएको हो । यहाँ सिजन अनुसारको कृषि सामाग्रीको कारोबार भए पनि खसी बोकाको भने १२ महिना कारोबार हुने कृषि उपज बजारले जनाएको छ । प्रत्येक शुक्रबार यो बजारमा अन्य कृषि सामाग्रीको तुलनामा खसीबोकाको बजारमा अन्यन्तै चहलपहल देखिन्छ । यहाँ खरिद गर्ने र विक्री गर्नेबीच मोलमलाई चलिरहेको हुन्छ । कृषकले बढी भन्दा बढी मूल्य

    • प्रकाशित मितिः असार ४, २०८०
    • 932 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved