धरान। सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ मा वार्षिक उत्सव सम्पन्न भएको छ ।स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव सम्पन्न भएको हो । सो अवसरमा ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ । विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो । अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल,सुद्रिष्टी कार्की,आदित्य खड्का,सुप्रिया आचार्य,जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् ।उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो । सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले ज
धरान/ शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्। नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो। समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी गराउँदै धरानका शिक्षकहरू २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय रहेको जनाएका थिए। समितिका सचिव राजनकुम
काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल अपराजित यात्रा जारी राख्दै तेस्रो जित हात पार्न सफल भएको छ। (बुधबार) आज तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सहजै पराजित गर्दै बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबदबा जमायो। हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो। ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। सुरुवातमा निरज यादवले २३ रनको योगदान दिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङ ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै सीमित भयो। हङकङका लागि शिव माथुरले
इनरुवा/ सुनसरीको इनरुवा नगरपालिका–१ मा गाई वा गोरुको खुट्टाजस्तो देखिने वस्तु काटेर फालिएको अवस्थामा फेला परेको छ। (बुधवार)आज बिहान कृषि विकास बैंक नजिकैको सडकमा रहस्यमय ढंगले उक्त खुट्टा देखिएको हो। स्थानीयवासीले बिहान करिब १० बजेतिर चौपायाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुमानअनुसार कसैले गाई वा गोरु काटेर खुट्टा फालेको हुनसक्छ भने कतै फालिएको खुट्टा कुकुरले ल्याएर सडकमा छाडेको पनि हुनसक्ने बताएका छन्। घटनाको यथार्थ पत्ता लगाउन डीएसपी योगराज खतिवडाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन
सुनसरी/धरान उप-महानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटोलाई शंका लागि जाँच गर्दा झण्डै १९ केजी गाँजा बरामद भएको हो। अटोमा दुईवटा कालो झोलामा सेतो प्लास्टिकले प्याक गरिएको अवस्थामा १८ वटा पोका फेला परेका थिए। उक्त अटोका चालक धरान उप-महानगरपालिका–४ निवासी ४८ वर्षीय जोक बहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–३ निवासी ३६ वर्षीय सुरज लिम्बुलाई प्रहरील
इलाम/वैशाख लागेसँगै देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेको हुन्छ । तर, इलामका उत्तरी भेगका बालबालिकाका लागि त्यो सम्भव छैन, किनभने ती गाउँमा विद्यालय नै छैनन् । शिक्षक आन्दोलन, शिक्षा ऐन जस्ता विषयहरूले देशैभर चर्चा पाइरहे पनि उत्तरी इलामका अभिभावकलाई भने पहिलो चिन्ता आफ्ना छोराछोरीलाई पढाउने ठाउँको हो—र त्यो ठाउँ आफ्नै देशमा छैन । “शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भन्नुभयो, “गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पिर कसैले बुझेनन् ।&
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–१ स्थित सुर्यकुण्ड आधारभूत विद्यालयमा यसै शैक्षिक सत्र २०८२ देखि कक्षा ९ सञ्चालन हुने भएको छ। यससँगै पहाडी भेगका स्थानीय विद्यार्थीलाई माध्यमिक तहको पढाइका लागि घण्टौँ पैदल हिँडेर धरान वा चतरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। यसअघि उक्त क्षेत्रमा आधारभूत तहसम्म मात्र पढाइ हुने विद्यालयहरू थिए। सुर्यकुण्डमा रहेको सुर्यकुण्ड आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको थियो भने चावचाको पञ्चकन्या र चियावारीको सिंहदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म मात्र अध्यापन हुँदै आएको थियो। माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरूलाई धरानको विष्णुपादुक
वराहक्षेत्र/ प्रत्येक वर्ष वैशाख १ गतेदेखि ७ गतेसम्म नेपालभर "व्यक्तिगत घटना दर्ता सप्ताह" मनाइन्छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता घटनाहरू समयमै दर्ता गर्नुपर्ने जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइने गरिन्छ। व्यक्तिगत घटना दर्ता सम्बन्धित वडा कार्यालयमा गरिन्छ, जहाँ स्थानीय पञ्जीकाधिकारीले प्रमाणपत्र प्रदान गर्ने तथा रेकर्ड राख्ने जिम्मेवारी वहन गर्छन्। संविधानको धारा १६ मा प्रत्येक व्यक्तिको सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गरिएको छ, जसको व्यवहारिक कार्यान्वयनका लागि कानुनी पहिचान अनिवार्य हुन्छ। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता प्रमाणपत्रह
बिराटनगर/ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको “विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका २०८०” अनुसार अब आर्य न्युरो अस्पताल, बिराटनगरमा ‘हेड तथा स्पाइनल इन्जुरी’ भएका बिरामीहरूले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने भएका छन्। आर्य न्युरोसरजिकल एन्ड एलाइड साइन्सेस प्रा.लि.ले दिएको जानकारीअनुसार, गम्भीर प्रकृतिका मस्तिष्क तथा मेरुदण्डसम्बन्धी चोटपटक(हेड र स्पाइनल इन्जुरी) भएका बिरामीहरूलाई अब सहज रुपमा राहत मिल्नेछ। सेवा प्राप्त गर्नुपर्ने आवश्यकताहरू कुनै पनि आकस्मिक दुर्घटनामा परेर टाउको वा मेरुदण्डमा समस्या भएको अवस्था
धरान/ एकताका सुनसान रहेको बगर आजकल पर्यटकको आकर्षणको केन्द्र बनेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको अगुवाइमा श्रमदानमार्फत् निर्माण हुँदै गरेको श्रम संस्कृति पार्क अहिले चर्चामा छ, त्यो पनि अझै पूर्णरूपमा निर्माण नसकिँदै। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते, पार्कमा सयौंको संख्यामा पर्यटक तथा पाहुनाको घुइँचो लागेको थियो। आन्तरिक र बाह्य पर्यटकको बाढीले धरानको यो अधूरो प्रयासले पनि ठूलो सम्भावना बोकेको पुष्टि गरेको छ। माटो र पसिनाले सिँगारिएको यो पार्कमा आज कलात्मक मूर्तिहरू, विभिन्न जातजातीका विरुवा, वाटर फाउन्टेन, गोरखा चौतारी, आरा धरानलगायतका संरचना बनेका छन