वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका धार्मिक तथा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई विषयगत कार्यशाला आयोजना गरिएको छ ।
बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १ देखि ८ का शिक्षकहरुका लागि विषयगत कार्यशाला आयोजना गरेको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
तालिममा नगरपालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको छ ।
बिहिवार र शुक्रबार आयोजना हुने उक्त कार्यशाला वराहक्षेत्र नगरपालिका वडा नं १ र २ का शिक्षककालागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयमा, वडा नं ३,४ र ५ का शिक्षककालागि कालाबञ्जर स्थित जगनाथ डेनराज जनता { जडेज } माध्यमिक बिद्यालयमा, वडा नं ६ , ७ र ८ का शिक्षकहरुलाई चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयमा त्यस्तै वडा नं ९ र १० का शिक्षककालागि प्रकाशपुर स्थित प्रकाश माध्यमिक बिद्यालयको सभाहल र वडा ११ का शिक्षककालागि मधुवन स्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा आयोजना हुनेछ ।
नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम र विभिन्न विद्यालयहरूको सहयोगमा आधारभूत तह कक्षा १-८ का शिक्षकहरुका लागि आयोजना गरिएको विषयगत कार्यशाला नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयका बिषयगत शिक्षलहरुको सहभागिता रहेको छ ।