‘गुलजार कविता र हामी’ धरानमा साहित्यिक बहस र कविताको गुञ्जन

  • वैशाख १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरानमा शनिबार ‘गुलजार कविता र हामी’ शीर्षकमा आयोजना गरिएको साहित्यिक कार्यक्रममा कविता वाचन र गहिरो परिचर्चाले विशेष रौनक थपेको छ।

कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमले साहित्यप्रेमीहरूलाई एकै थलोमा जोड्दै गुलजारका कविताको बहुआयामिक विश्लेषण प्रस्तुत गरेको हो।

कार्यक्रममा बम देवान, बद्री भिखारी र नीला तामाङले परिचर्चाकारको रूपमा फरक–फरक विषयमा धारणा राखे। नीला तामाङले गुलजारका कवितामा ‘विभाजनको पीडा’ कसरी अभिव्यक्त भएको छ भन्ने विषयमा गहिरो विश्लेषण प्रस्तुत गरिन्।

बद्री भिखारीले ‘प्रकृति र प्रेम’को पक्ष उजागर गर्दै गुलजारका अधिकांश कवितामा यी तत्वहरूको प्रभावशाली उपस्थिति रहेको बताए। यस्तै, बम देवानले ‘सौम्य विद्रोह’को अवधारणामार्फत गुलजारका कवितामा विद्रोही चेतना पनि कोमल ढंगले व्यक्त हुने विशेषता रहेको उल्लेख गरे।

कार्यक्रममा समीक्षा छिलिङ, सविता फागो, धिरज याक्दुहाङ, प्रदीप योङहाङ, रोशन परियार, सनम तामाङ र मुकुन्द प्रयासले कविता वाचन गर्दै उपस्थित दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भए।

कार्यक्रमका अध्यक्ष राजेश बिद्रोहीले गुलजारका कवितामा जीवनका गहिरा सत्यहरूलाई सरल र कोमल शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै नेपाली अनुवादमार्फत ती कृतिहरू अझ व्यापक पाठकमाझ पुग्नु सकारात्मक पक्ष भएको बताए।

उनले परिचर्चाकारहरूको विश्लेषण प्रशंसनीय रहेको भन्दै यस्ता साहित्यिक विमर्शलाई प्रकाशनमार्फत अझ फैलाउनुपर्ने आवश्यकता औँल्याए।

विभिन्न क्षेत्रका साहित्यकार, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम करिब एक घण्टा सञ्चालन भएको आयोजकले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved