समाज

    Showing 3,881-3,890 of 6,833 items.
  • साना उद्योग संकटमा:सञ्चालन गर्नै कठिनाई भएको उद्योगीको गुनासो

    धरान/  पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योगमा पुगेको उद्योमीहरुले गुनासो गरेका छन् । नवौ उद्योग दिवसको अवसरमा घरेलु उद्योग तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगमीहरुले साना उद्योग बन्दै हुदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । आयातित वस्तुसँग प्रतिष्र्धा गर्न नसक्दा प्रविधि तथा बजारको पहुचबाट टाँढा हुदा यस्तो समस्या आएको उनीहरुको गुनासो छ । ढाकाटोपी उद्यमी रविजाल लिम्बुले केही अगाडिसम्म ढाका टोपीको राम्रो कारोबार हुने गरेपनि अहिले हुन छाडेको बताएका छन् । लागत महँगो पर्ने भएकोले सस्तोमा विक्री गर्न नसकिएकाले पेशाबाटै विस्थापित हुने

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्ये पहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउन तयारी सुरु

     धरान/ नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभीत्र प्रभावकारी बनाउन नेकपा (एमाले) कोशी प्रदेशले तयारी थालेकोछ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्ये पहाडी लोकमार्गमा अभियान मार्फत आर्थिक, सामाजिक विकास र रुपान्तरणका पक्षमा हुनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाईका अभियान सञ्चालन हुँदैछ । अभियान अन्तर्गत मंसिर २६ गते अभियान टोलीलाई स्वागत सहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मंसिरको २८ गते तेह्रथुमको बसन्तपुर र मंसिर ३० गते पाँथरको फिदिममा विशाल जनसहभागीतामा सभा हुनेछन् । घुर्मि, बसन्तपुर र फिदि

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 1,272 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजुरमुखी धाममा पुर्णिमा मेला शुरु

    इलाम । इलामको धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा (कात्तिके पूर्णीमा) मेला लाग्न थालेको छ । कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल बढेको छ । धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पा लगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ । मेलाको अवसरमा आयोजित गजुर

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 915 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वाणिज्य महासंघको स्वास्थ्य तथा सिप समितीमा राजन श्रेष्ठ

    विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कार्यकारिणी सदस्य राजन श्रेष्ठको सभापतित्वमा स्वास्थ्य तथा सिप विकास समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघमा स्वास्थ्य तथा सिप विकाशका लागि छुट्टै समिति विस्तार गरेको हो । समितिका सदस्यहरुमा डा. फरवाड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा, योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दे महासंघ अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा समितिले स्वास्थ्य र सिप विकासमा कार्य गरी प्रदेशको स्वा

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

    विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ । कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक आइतबार छलफल पछि सर्वसम्मतले पारित भएको हो । विधेयक पास गर्न एमालेले समेत सहयोग गरेको छ । एमालेले समेत बिधेयकमा समर्थन गर्दै पास गरेको हो । कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट अनुमान गर्दै बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेका थि

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा तराई–मधेश झर्दै पहाडी !

    विराटनगर/  संखुवासभाको पाँचखपन नगरपालिकामा २०६८ सालसम्म बाटोको सुविधा थिएन । सदरमुकाम खाँदबारीसँग जोड्न भर्खरै बाटोको ट्र्याक खुल्दै थियो । ट्र्याक पनि पालिकासम्म पुगेको थिएन । पालिकाको वडा नम्बर ४ र ५ मा खानेपानीको हाहाकार थियो । टिमुरे भञ्ज्याङ, खानी, अर्चलेलगायतका गाउँमा खानेपानीको समस्याका कारण गाउँ छाडेर जानेको सङ्ख्या अधिक थियो । पालिकामा उच्च शिक्षा पढाइ हुने विद्यालय थिएन । इन्टरनेट त कल्पनाभन्दा बाहिरको कुरा थियो । २०६८ बाट २०७८ सम्म आइपुग्दा पाँचखपन नगरपालिकाका सबै वडा र टोलमा बाटोको ट्र्याक खुल्यो । हिउँद र बर्खा १२ महिनै सदरमुकामसम्म जान गाडी चल्छ । हिउँदमा सबै वडाका ट

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    धरान/  “लैङिगक हिंसाको अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता”को मूल नारा सहित धरान महिला सञ्जाल समितीले १६ दिने अभियान शुरु गरेको छ । शनिबार धरानको भानुचौक स्थित घण्टाघरको प्राङगणमा व्यानर र प्लेकार्ड प्रर्दशन सहित सो अभियानको घोषणा गरको हो । १६ दिने अभियानको शुरुवातको सफलताको लागि इलाका प्रहरी कार्यलय धरानले पनि “लैङिगक हिंसाको अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सवैको ऐक्यबद्धता”को मूल नारा सहित महिला प्रहरीको उल्लेख्य सहभागितामा प्रभात फेरी गर्दै साझेदारी, सहकार्य र ऐक्यबद्धता प्रकट गरेको महिला सञ्जाल धरान समितीकि सचिव ईन्द्रकला राई

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रगतिशील कलाकार दिपक तिम्सिनाको रहस्यमय मृत्यु

    धरान/  पुरानो प्रगतिशील कलाकार धरान १६ निवासी ५० वर्षीय दिपक तिम्सिनाको झापाको दमकमा रहस्यमय मृत्यु भएको छ । तिम्सिनाको उपचारको क्रममा शुक्रबार विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ । कार्तिक १७ गते दमक २ स्थित सडकबाट गंभीर अवस्थामा भेटिएका उनलाई विएनसी अस्पतालमा उपचारको लागि लगिएको थियो । घट्नाको बारेमा अहिले सम्म केही थाहा नभएको र कस्ले कसरी अस्पताल पुराएको सो कुराको बारेमा अहिले सम्म खुल्न सकेको छैन । घट्नालाई मोटरसाइकल दुर्घटनासँग जोडिएको भएपनि अहिले सम्म प्रहरीले दोषी पक्राउ गर्न नसकेको परिवारले वताएका छन् । मृतकको टाउको, छाती र खुट्टामा गहिरो चोट

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 1,693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशको बजेट ३६ अर्ब ७४ करोड

    विराटनगर/ कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा शनिबार मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको जुनसुकै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेसहितका कार्यक्रमहरु समावेश गरेका छन् । कार्कीले सभामा पेस गरेको बज

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चालकको उपचारका लागि पूर्व बृटिस आर्मीको सहयोग

     धरान/  सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा रिटायर्ड बृटिस आर्मी धरान १५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय सहयोग गरेकाछन् । अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहनुभएका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताउनु भयो । चालकको उपचार बापत घोपा स्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकीछ, जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैया (तुम्रोकको सहय

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 1,658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved