समाज

    Showing 341-350 of 6,962 items.
  • युडब्लुएसको साझेदारीमा षडानन्दमा ११ कोठे आधुनिक विद्यालय निर्माण

    भोजपुर/ भोजपुरको षडानन्द नगरपालिका–२ स्थित जनोदय आधारभूत विद्यालयको नवनिर्मित ११ कोठे आनुधिक बालमैत्री विद्यालय भवन उद्घाटन गरिएको छ। विद्यार्थीहरूलाई सहज, सुरक्षित तथा गुणस्तरीय पठनपाठनको वातावरण उपलब्ध गराउने उद्देश्यले यूनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपालको साझेदारीमा भवन निर्माण गरिएको हो। विद्यालय भवनसँगै पाँच कोठे बाल तथा अपाङ्गमैत्री शौचालयसमेत निर्माण गरिएको छ ।  भवन उद्घाटन कार्यक्रममा दातृ संस्था ट्रपिक कम्पनीका उप–प्रमुख कार्लटन कोनेलले भवन निर्माणमा मात्र सीमित नरही आगामी पाँच वर्षसम्म विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 419 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नयाँ शैक्षिक गन्तव्य: सञ्चालनमा आयो ‘धरान नोबेल कलेज’

    धरान–१२, चतारालाइनमा सञ्चालनमा आएको धरान नोबेल कलेजले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्ययन–अध्यापन सुरु गरेको छ। आधुनिक पूर्वाधार, अनुभवी शिक्षक र परिणाममुखी शिक्षाको प्रतिबद्धतासहित सञ्चालनमा आएको कलेजबारे कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले कलेजका अध्यक्ष डा. माेहन कुमार पाेख्रेल सँग गरेको कुराकानीको सम्पादित अंश: विद्यार्थीहरूले धरान नोबेल कलेज नै किन रोज्ने? हाम्रो कलेज रोज्नुपर्ने धेरै आधार छन्। पहिलो, कलेज धरानको केन्द्र भागमा छ। दोस्रो, यहाँ पीएचडीधारी तथा २० वर्षभन्दा बढी अनुभव भएका प्राध्यापकहरूको टोली छ। तेस्रो, कलेज पूर्ण रूपमा सुविधा सम्पन्न छ—प्रत

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 1,542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई छात्राले गरे आत्महत्या

    धनगढी/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाका ती छात्रा मंगलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले आत्महत्या गर्नुको कारण एसईईको नतिजा राम्रो नआएको हुन सक्ने प्रारम्भिक बुझाइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दुवै छात्रा नाबालिग रहेकाले उनीहरूको नाम र विद्यालय गोप्य राखिएको प्रहरीले जनाएको छ।    

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ज्ञानचक्षुको मात्रै शतप्रतिशत, श्री माध्यमिक विद्यालयमा २६ मध्ये १ मात्रै उत्तीर्ण

    धरान/ धरान उपमहानगरपालिकाअन्तर्गत रहेका २१ वटा सामुदायिक विद्यालयहरूको एसईइ २०८२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार १ हजार १२० विद्यार्थीमध्ये ५६४ जना मात्रै उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ५०.३६ रहेको छ। नतिजाअनुसार श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरान–१५ ले ५ मध्ये ५ जना उत्तीर्ण गर्दै शतप्रतिशत  (१००%)  नतिजा ल्याएको छ। यो धरानका सामुदायिक विद्यालयमध्ये एकमात्र शतप्रतिशत नतिजा हो। यस्तै, श्री चन्द्र संस्कृत मावि, धरान–१६ ले ६ मध्ये १ जना उत्तीर्ण गर्दै १६.६७ प्रतिशत नतिजा ल्याएको छ भने श्री माध्यमिक विद्यालय, धरान–१७ मा २६ मध्ये

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 1,281 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई ठूला सहकारीमा साढे १२ अर्ब अपचलन, पीडितको रकम डुब्दा सरकार रमिते

    धरान/ धरानका दुई ठूला सहकारी संस्था बराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्था मार्फत सर्वसाधारणको झण्डै साढे १२ अर्ब रुपैयाँ अपचलन भएको प्रकरणमा स्थानीय सरकार प्रभावहीन देखिएको छ। मुख्य सञ्चालकहरू फरार भएपछि धरान उपमहानगरपालिका ले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि पीडितको रकम फिर्ता गराउने वा प्रभावकारी अनुसन्धान अघि बढाउने काम हुन सकेको छैन। बराह सहकारीबाट करिब ११ अर्ब र श्रेया सहकारीबाट १ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ। दुवै संस्था लामो समयदेखि बन्द छन् भने सञ्चालकहरू सम्पर्कविहीन बनेपछि पीडितहरूले राज्य संयन्त्र नै निरीह बनेको आरोप लगाएका

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 1,437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदय विद्यामन्दिरको एसईईमा शतप्रतिशत नतिजा

    धरान/ धरान–१६ स्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कूल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालय इन्चार्ज नीर कुमार राईका अनुसार यस वर्ष सहभागी भएका २१ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन्। सार्वजनिक नतिजा अनुसार २ जनाले GPA 3.61 देखि 4.0 सम्म A+ ग्रेड, ९ जनाले GPA 3.21 देखि 3.6 सम्म A ग्रेड तथा १० जनाले GPA 2.81 देखि 3.2 सम्म B+ ग्रेड प्राप्त गरेका छन्। शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै बधाई तथा शु

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 1,182 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एम्बुलेन्समै ४४० किलो गाँजा बरामद, प्रहरीको ठूलो सफलता

    धरान/ धरान–१३ स्थित Thousands Big Buddha सडकमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। मंगलबार राति करिब १२:४० बजे इलाका प्रहरी कार्यालय धरान बाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिएको को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा भित्र लुकाइराखिएको ४४० किलो गाँजा फेला पारेको हो। उक्त एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लि. द्वारा सञ्चालित रहेको प्रहरीले जनाएको छ। गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको 

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको मेघा हिमालयन स्कुलको एसईईमा शतप्रतिशत नतिजा, सान्त्वनु चौधरी बने टपर

    धरान/ राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा धरान–१२ स्थित मेघा हिमालयन स्कुल ले शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे का अनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। जसमध्ये ३ जनाले A+, १२ जनाले A र ९ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। विद्यालयको सर्वाधिक जीपीए ३.७९ ल्याउँदै विद्यार्थी सान्त्वनु चौधरी विद्यालय टपर बनेका छन्। सान्त्वनु यसअघि विभिन्न अतिरिक्त क्रियाकलाप, विशेषगरी सिङ्गिङ आइडलमा समेत सक्रिय सहभागी रहँदै आएका विद्यार्थी हुन्। यस वर्षको एसईई नतिजामा द

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 831 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको विजेता बने अमन थापा

    धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको एक्युरेसी ओभरअलतर्फ अमन थापा मगर विजेता बन्नु भएको छ । उनलाई नगद रु.एक लाख ५० हजारसहित मेडल पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए । त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु.एक लाखसहित मेडल प्राप्त गरेका छन् भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु.७५ हजारसहित मेडल प्राप्त गरेका छन् । खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, ईक्सा राई दोस्रो र विद्या राई तेस्रो भएकी छिन् । उनीहरुलाई

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई नतिजा भोली सार्वजनिक गर्ने तयारी

    भक्तपुर/  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र (मङ्गलबार)नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved