समाज

    Showing 3,471-3,480 of 6,830 items.
  • आदर्शको प्रवेश परीक्षामा २ हजार १ भन्दा बढी विद्यार्थी

    विराटनगर/ विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८ सय ७५ जना र छात्र १ हजार २ सय ३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३ सय ७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् । प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्म मेला सफल बनाउन धरानमा तयारी तिब्र

    धरान/  आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलाका लागि भक्तजनहरुको सहजताका लागि ट्राफिक व्यवस्थापन, सुरक्षा तथा आवात जावत गर्दा लाग्ने भाडाको सुनिश्चिततासँगै प्रचारप्रसारलाई तिब्रता दिने निर्णय भएको छ । धरान उपमहानगरपालिका कार्यालयमा भएको सर्वपक्षीय भेलामा ट्राफिक प्रहरीले बराहक्षेत्र स्थानपछि पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि ट्राफिक रुट तोकिएको छ । भेलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने बताउदै चतराको झण्डाचौक हुदै आएका भक्तजनहरुलाई धरान १७ रेल्वे ल

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 989 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामका उम्मेदवारः वकिल, पत्रकारदेखि ठेकेदारसम्म

    विराटनगर/  वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम–२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो । एमाले–नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वा

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गर्मीसँगै खर्बुजाको व्यापार

    उदयपुर/ गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा वृद्धि भएको व्यापारी बताउँछन् । चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजार बढीको खर्बुजाको बिक्री हुने गरेको छ । गाईघाट बजार पिपलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए । चैतदेखि जेठसम्म खर्

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचौ मि. कोशीकाे उपाधी विनोदकुमारलाई

    धरान/ एलाइनेट जिमको २१ औ प्रस्तुति अन्र्तगत शनिवार आयोजित पाचौ मि. कोशि शारिरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस धरानका विनोदकुमार नेपालीले चुमेको छ ।   नेपाली ६५ केजि तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन् । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन । यसै गरि उपविजेता धरान फिटनेस क्लवका लक्ष्मी मोक्तान, तेस्रो न्युट्रि हव तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाचौ झुनाज फिटनेसका उत्सव लिम्वु भए । उनिहरुल

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभिन्न कार्यक्रम गर्दै मनायो युएनले १२ औं वार्षिकोत्सब

    धरान/ होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको धरान १६ स्थित युएन कलेज र युएन नबोदय प्लस टु ले १२औ वार्षिकोत्सब सम्पन्न गरेको छ । बिहिबार धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिएचएमको थर्ड सेमेस्टारको परिक्षामा नेपाल थर्ड टपर बन्न सफल भएकी छात्रा स्मारिका श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ । उनलाइ नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यसै गरि बिएचएममै प्रदेश थर्ड बनेकी रोजिना राईलाई पनि नगद १५

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 1,497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु

    धरान/ कोशी प्रदेशका पाँच जिल्लामा धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको हो । प्रतिष्ठानमा विहिबार आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएक

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरी क्लबद्वारा निःशुल्क आँखा शिविर

    धरान/ रोटरी क्लब धरानको संयोजकमा देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वास्थ्यका पहुच नपुगेका सर्वसाधारणलाई लक्षित रोटरीले देशका ५ जिल्ल्लामा आँखा शिविरको आयोजना गरिएको हो । क्लबले काभ्रे, सिन्धुली, उदयपु, सुनसरी र झापाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो पाँच जिल्लामा क्लबले ४ हजार दुई सय ६ सय ५ जना बालबालिकाको निःशुल्क आँखा चेकजाँच गरिएको थियो । चेकजाँचमा शिविरमा आएकाहरुमा आँखाको दृष्टिदोष भएका विरामीहरु भेटिएको क्लबले जनाएको छ । सो बेला उपचारमात्र हैन २ हजार ४ सय २० जनालाई नजिक र टाँढा देखिने चश्मा स

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 838 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्भ मेलामा तीनै तहका सरकारको सहयोग रहने

    धरान/ आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ । यसमा स्थानीय सरकार बराह क्षेत्र नगररपालिका आफैले मेलाको अध्यक्षता गरेको छ भने प्रदेश सरकार र संघीय सरकारले समेत मेला सम्पन्न गर्न राम्रो भूमिका निर्वाह गर्ने भएको छ । महाकुम्भ मूल आयोजक समिति यस बर्षको महाकुम्भ मेलामा न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित काम शुरु गरेको हो । यसका लागि मूल आयोजक समिति मातहत २६ समिति यसअघि निर्माण गरिसकिएको छ । समितिले आआफ्ना जिम्मेवारीअनुसार काम सुरु

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ उपनिर्वाचन : युवा उम्मेद्वार खोज्दै मतदाता

    इलाम/  युवा उमेर परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लैजाने साहस युवामा छ  । अहिले अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ । आजका युवाले नेतृत्व युवा नै खोजिरहेको छ । नेपाली राजनीतिमा ठुला पार्टी भनिने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा लाखौँ युवाहरूको सहभागिता भूमिका छ । इलाममा बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, पहिचानवादी

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved