कुम्म मेला सफल बनाउन धरानमा तयारी तिब्र

  • चैत २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलाका लागि भक्तजनहरुको सहजताका लागि ट्राफिक व्यवस्थापन, सुरक्षा तथा आवात जावत गर्दा लाग्ने भाडाको सुनिश्चिततासँगै प्रचारप्रसारलाई तिब्रता दिने निर्णय भएको छ ।

धरान उपमहानगरपालिका कार्यालयमा भएको सर्वपक्षीय भेलामा ट्राफिक प्रहरीले बराहक्षेत्र स्थानपछि पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि ट्राफिक रुट तोकिएको छ ।

भेलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने बताउदै चतराको झण्डाचौक हुदै आएका भक्तजनहरुलाई धरान १७ रेल्वे लाइन, बुद्धचौक, बीच घोपा, मंगलबारे, पानी ट्यांकी गणेशमानसिंह चौक, सुम्निमाचौक, लक्ष्मी चौक, पृथ्वीचौक हुदै रेडक्रसको उकालो बाटोबाट पिण्डेश्वर मन्दिर जाने रुट तोकिएको छ ।

यी रुटमा ट्राफिक व्यवस्थापनसँगै सुरक्षाकर्मीलाई परिचालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक सुवास केसीले बताए ।

यस्तै मेलामा आएका भक्तजनहरुलाई सञ्चालन भएका सवारी साधनले अनाधिकृत रुपमा भाडा असुल नगरुन् भन्ने अभिप्रायले भाडादार समेत तोकिएको छ ।

धरान १८ का वडाध्यक्ष प्रवीण राईको संयोजकत्वमा धरानतर्फ यातायात व्यवस्थापन समितिको संयोजक तोकिएको छ ।

संयोजक राईले चतरा धरान र धरान चतराको भाडा दरलाई न्यूनतम रुपमा लिन पाउने गरी निर्णय गरिएको बताए ।

यस्तै मेलालाई व्यवस्थिति र प्रचार प्रसार गर्न धरानमा भनेको समितिले भने व्यानरदेखि स्वागत गेट निर्माण, बाटो घाटो सरसफाई, मन्दिरको सरसफाई, विजयपुरमा रहेका मन्दिरहरुको प्रचारप्रसार गर्ने लगायतका कामलाई तिब्रता दिने संयोजक पितरुमल अग्रवालल बताए ।

सुनसरीको बराहक्षेत्रस्थित चतरामा लाग्न लागेको १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई भव्य रुपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पुगेको समयमा धरानमा समेत धार्मिक भक्तजन अधिक भन्दा अधिक भित्र्याउने र त्यसका लागि सबै पक्षले मिलेर काम गर्ने निर्णय भएको छ ।

सप्तकोशीमा कुम्भ स्नान गरि धरानको पिण्डेश्वर मन्दिरमा जल चडाए पछि मात्रै महाकुम्भको फल प्राप्त हुने विश्वास रहेकाले धरानले समेत महाकुम्भलाई व्यवस्थित गर्न सर्वपक्षीय छलफलबाट निर्णय गर्दै सबै खालका तयारीलाई तिब्र बनाएको हो ।

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved