आदर्शको प्रवेश परीक्षामा २ हजार १ भन्दा बढी विद्यार्थी

  • चैत्र २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८ सय ७५ जना र छात्र १ हजार २ सय ३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।

३ सय ७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् ।

सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै विद्यार्थीको भर्ना लिने चाहना हुँदाहँदै पनि विद्यालयको भौतिक पूर्वाधारको सीमितताको कारण सबै विद्यार्थी भर्ना गर्न नसकिएको प्रधानाध्यापक पोखरेलले बताए ।

हाल विद्यालयमा छात्र र छात्राको संख्या लगभग बराबरीको अवस्थामा रहेको उनको भनाइ थियो ।

हाल विद्यालयमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत १८ महिने र २४ महिने कम्प्युटर तालिम ३ वर्षे डिप्लोमा इन कम्प्युटर र डिप्लोमा इन सिभिलका कक्षाहरु सञ्चालन छन् ।

 

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved