ताप्लेजुङ/ हिमाली जिल्ला ताप्लेजुङमा घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को तथ्यांकअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो । इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ तयारी स्वरूप शनिवार आयोजित अर्ध–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीका अनुसार मानवअधिकार उल्लंघन सम्बन्धी ३० वटा घटना भएकोमा सबैभन्दा बढी १६ वटा घरेलु हिंसासम्बन्धी रहेको छ । सन् २०२४ को जनवरीदेखि जुनसम्म अर्थात् छ मह
विराटनगर/ निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच भेटवार्ता भएको छ । काठमाडौँस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए । सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए । ‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरें,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताउनुभयो ।’ भेटमा प्रचण्डले दलाल पुँजी
काठमाडौं/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो । बुधबार प्र १–०२–००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । ट्याक्टरका चालक सोही स्थानका सनबहादुर तामाङ भने सकुशल छन् । उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्
विराटनगर/ सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो । समितिले टोलीलाई समग्र सामुदायिक विद्या
धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले सन्चारकर्मी धमलालाई आक्रमण गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरीले इनरुवामा नै धमलालाई आक्रमण गर्नेहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुशार धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान–१९ की ३४ वर्षीय मुना राई, धरान–१७ की ५६ वर्षीय प्रमीला राई, धरान–११ की ४५ वर्षीय शर्मिला राई, धरान–१ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान–१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघालाई सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई अभद्र व्यवहार संवन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको जिल्ला प्रहर
धरान/ सन्चारकर्मी सन्जिता धमलालाई आक्रमण प्रकरण गर्नेलाई धरान प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । आज(विहीबार )बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघा पक्राउ परेका छन् । बुधबार वीपी प्रतिष्ठनमा उपचार गर्न गएको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको थियो । धमला एक्स रे कक्षमा लुकेर आक्रमण हुनबाट आफु बँचेको वताएकी छिन ।यस अघि हिजो नै उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी सञ्चारकर्मी सञ्जिता धमलामाथि अस्पताल हाताभित्रै आक्रमण गरेको आरोपमा पाँच जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त घटनामा
इटहरी/ समाजमा आर्थिक सवलिकरण गराउने उदेश्यले इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सञ्जाल इटहरीको आयोजनामा बुधबार इटहरीमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा भारतीय अर्थविद् राजेश सिंहले सो अभियानको बारेमा सहजिकरण गरेका थिए । समाजका सबै व्यक्तीलाई आर्थिक रुपमा सवल बनाउनका लागि समानता भन्दा पनि समताको विषयमा जोड दिन सके समाजमा सबै सवल हुने भन्दै उनले त्यसको लागि राज्य नै अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको समन्वय हलेसी महादेव मिडिया प्रा।लि।ले गरेको थियो भने अमुर्त सुनस
धरान/ धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गरेका थिए । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ । साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजार भन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताए । सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्
धरान/ वडाअध्यक्ष, कार्यापालिका सदस्य र नगरप्रमुखबीच विवादै कायम रहँदा अन्य स्थानीय तहहरुले धमाधम आर्थिक बर्ष २०८१/८१ बजेट विनियोजन गर्दा समेत धरान उपमहानरपालिकाको अझै नगरसभा बस्न सकेको छैन । कार्यपालिका बैठकमा ३ निर्णय मध्ये १ निर्णय करार कर्मचारीको करार स्वतः नवीकरण हुनुपर्ने कार्यपालिका सदस्यहरूको अडानमा मेयर हर्क साम्पाङ सहमत नभएपछि नगरसभा हुन नसकेको हो । अन्य पालिकाले नगरसभा सम्पन्न गर्दै आर्थिक बर्ष ०८१/०८२ अनुमानित बजेट समेत पारित गरिसकेको अवस्थामा धरानमा भने कार्यपालिका सदस्य, वडाध्यक्ष र मेयर हर्कराज राईबीच करार कर्मचारी र अन्य विविध कुराहरुमा सहमति हुन नसकेपछि नगरसभा बस्न सकेको
– स्वर्णिम राईधरान । साउने संक्रान्ति साथै साउन महिना शुरु भएसँगै प्रत्येक महिलाहरुमा मेहन्दी र हरियो,पहेलो चुरा झपक्क देखिन्छ । साउनको सुरुवातसङ्गै धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ साउनभरि नै लगाउने चलन परम्पराको रुपमा रहदै आएको छ । साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिनाको रुपमा लिने गरिन्छ । धरान उपमहानगरपालिका १४ का रमा नेपाली साउन महिना सुरु भएदेखि पुरै एक महिना भरी हरियो चुरा र मेहन्दीमा सजिने गरेकी बताउँछिन् । उनी साउनमा व्रत बस्ने र कपडादेखि सबै श्रृंगार हरियो नै प्रयोग गर्ने गरेको बताए । ‘साउन