साउनमा हरियो चुराको बजार

  • साउन २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

– स्वर्णिम राई
धरान । साउने संक्रान्ति साथै साउन महिना शुरु भएसँगै प्रत्येक महिलाहरुमा मेहन्दी र हरियो,पहेलो चुरा झपक्क देखिन्छ । साउनको सुरुवातसङ्गै धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ साउनभरि नै लगाउने चलन परम्पराको रुपमा रहदै आएको छ । साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिनाको रुपमा लिने गरिन्छ ।

धरान उपमहानगरपालिका १४ का रमा नेपाली साउन महिना सुरु भएदेखि पुरै एक महिना भरी हरियो चुरा र मेहन्दीमा सजिने गरेकी बताउँछिन् । उनी साउनमा व्रत बस्ने र कपडादेखि सबै श्रृंगार हरियो नै प्रयोग गर्ने गरेको बताए । ‘साउन महिना लागेसंगै सबैले हरियो लगाएको देख्दा मलाई पनि लगाउन मन लाग्छ’ उनी भन्छन् ‘साउन महिनामा व्रत बस्दा अनि हरियो चुरा लगाएपछि राम्रो हुन्छ रे भन्ने सुनेको कारण मैले पनि लगाउने लगाउने गरेकी छु ।

रमा जस्तै धरान ३ का पवित्रा सुवेदी पनि साउन महिनाभर हरियो चुरा,पोते र कपडा पनि हरियो नै लगाउने गरेको बताउँछिन् । उनले भने , साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिर जाने गर्छु ,‘सबै जना हरियो पहिरणमा सजिएको देख्दा मलाई पनि लगाउन मन लाग्छ,। ’साउन महिना चाहि महिला दिदि बहिनिहरुको लागि विशेष महिना नै हुने गरेको छ । म विवाहित महिला भएको कारण श्रीमानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेको छु उनले भने ।

महिलाहरुको बिशेष महिना साउन सुुरु भएसंगै धरानको विशेष बजार सब्जी मन्दि र भानुचोक एरियाका कस्मेटिक पसल तथा चुरा पसलहरूमा मेहन्दी, हरियो पहेलो चुरा लगाउने महिलाको भिड बढेको छ जुन भिड दशै तिहारको रौनक भन्दा कम भने देखिएको छैन । केहि महिला दिदि बहिनिले साउन महिनामा व्रत बस्ने र हरियो चुरा , मेहेन्दि लगाउनुपर्ने महिना भएकाले लगाउने गरेको बताउँछन् भने केहि महिलाले अरुले लगाएको देखेर रहरले लगाउने गरेको बताउँछन् ।

अरु महिनाहरुमा हरियो चुरा र कपडाको महत्वखासै नभएता पनि साउन महिनामा भने नारीहरू प्राय हरियो पहिरणमा सजिएर पुजापाठको लागि मन्दिर जाने गरेका छन् । साउन महिना सुरु भएसंगै आज विहानै देखि धरानका चुरा पसलहरू हरिया चुरा र पोते र हरियो गरगहनाले भरी भराउ देखिन्छन् ।

धरान उपमहानगरपालिका २० का सरस्वती राई विहानै धरान बजारको सब्जि मन्दिमा हरियो चुरा र हरियो कपडा किन्नको लागि बजार आएको बताए । उनले भने, साउन महिना शुरु हुदा त आफुलाई दशै आए जस्तै महसुस हुन्छ, बजारमा अत्याधिक चहलपहल, भिड देख्दा ठुलै चाड आए जस्तै लाग्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार‘ साउनमा माता पार्वतीले पनि पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते  हातमा मेहेन्दी र हरियो पहिरण लगाएकी थिइन् । साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाएको भन्ने इतिहासमा देख्न र सुन्न पाइन्छ ।’

साउन महिनामा खासगरी हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा गर्ने र व्रत बस्ने परम्परा रहेको छ । साउन महिना एउटा धर्म र संस्कृतीका लागि भने पवित्र महिनाको रुपमा पनि लिने गरिन्छ । यो महिनाभर धेरै जसो महिलाहरु शुद्ध साकाहारी खाना खाने माछा मासु नखाने र यो महिनाभर सोमवार ब्रत बस्ने गर्दछन् ।

साउन महिनामा पार्वतीले महिनाभरि व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसैले पनि महिलाहरुले यसलाई बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रुपमा यो महिनालाई बढी महत्व दिने गरेको पाइन्छ ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । त्यसैले साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदै गएको छ । साउन महिना हरियाली प्रकृतिको महिना भनेर पनि चिनिने गरिन्छ ।

अहिले बजारमा काँचका चुरा प्रतिदर्जन रु. ३० देखि ६०,७० रुपैयाँ र मेटलका चुरा १ सयदेखि एक सय ३० सम्ममा विक्रि हुदै आएको व्यापारी सञ्जय महर्जनले बताए । उनले भने ,आज विहानै देखि चुरा किन्न मेहेन्दि किन्न आउनेको भिड छ , यो महिना त चुरा व्यापारीलाई राम्रो व्यापार हुने गर्छ । ‘आजको भिड सामान हो भोली अझ भिड हुन्छ ।’ अहिले चुरा पसलहरुमा मात्र होइन व्युटी पार्लरहरुमा समेत मेहेन्दी लगाउनेको भिड लाग्ने गरेको छ उनले भने ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved