कोशीका मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्न प्रचण्डको सुझाव

  • साउन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच भेटवार्ता भएको छ ।

काठमाडौँस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए ।

सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए ।

‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरें,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताउनुभयो ।’ भेटमा प्रचण्डले दलाल पुँजीपति र बिचौलियाले सरकार बदलेको र उनीहरू निक्कै शक्तिशाली रहेको बताएका थिए ।

‘यस्तै सुशासन आतङ्क पनि सरकार फेरबदलको अर्को कारण हो । बेचन झा पक्राउ पछिल्लो निर्णायक कारण बन्यो । धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकरणले बिचौलियाहरू एक ठाउँमा आए,’ प्रचण्डको भनाइ उद्धृत गर्दै आङ्बोले भने ।

भेटको अवसरमा कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको आङ्बोले बताए ।

‘उहाँको (अध्यक्षको) र प्रदेश पार्टीसँगको छलफल पछि नै अहिलेसम्म हामी सरकारमा बसेका हौँ,’ आङ्बोले भने, ‘हामीले मुख्यमन्त्रीसँग सहमति गरेर यो सरकार बनाएको हो उहाँले चाहेसम्म हाम्रो सहकार्य र साथ रहन्छ । अरू कसैको व्यक्तिगत आग्रह र चाहनामा हामी बहकिँदैनौँ ।’

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved