संचारकर्मी धमला आक्रमण प्रकरण : धरानका मेयर हर्कराजका समर्थक धमाधम पक्राउ

  • साउन ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सन्चारकर्मी सन्जिता धमलालाई आक्रमण प्रकरण गर्नेलाई धरान प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

आज(विहीबार )बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघा पक्राउ परेका छन् ।

बुधबार वीपी प्रतिष्ठनमा उपचार गर्न गएको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको थियो ।

धमला एक्स रे कक्षमा लुकेर आक्रमण हुनबाट आफु बँचेको वताएकी छिन ।यस अघि हिजो नै उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी सञ्चारकर्मी सञ्जिता धमलामाथि अस्पताल हाताभित्रै आक्रमण गरेको आरोपमा पाँच जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा चन्द्रकला थेवे, मुना राई, प्रमिला राई, सर्मिला राई र फुलमाया मगरलाई पक्राउ गरेर जिल्ला सदरमुकाम इनरुवा लगेको छ । घटनामा उनीहरुको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको र म्याद थपको प्रक्रियामा रहेको जनाएको छ ।

प्रहरीले पक्राउ गरेका पाँच महिलाहरुलाई तत्कालै जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो ।

उनीहरु मेयर हर्क साम्पाङ समर्थक महिलाहरु हुन् ।

यसअघि सार्वजनिक सुनुवाईमा दिएको विवादित अभिव्यक्ति, मेयर साम्पाङको कार्यकक्षमा अमर्यादितशैलीमा भनाभन, सामाजिक सञ्जालमा आरोप प्रत्यारोपपछि मेयरका समर्थकहरुबाट धमलाको चर्को आलोचना र धाकधम्की पनि आइरहेको थियो ।

धमलाले आफु असुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै जिल्लामा निवेदन दिएकी थिइन् ।

यसैबीच हिजो साँझ प्रतिष्ठान हाताबाट ५ जना महिलाहरुलाई पक्राउ गरेपछि मेयर साम्पाङका समर्थकहरु इलाका प्रहरी कार्यालय धरान पुगेका थिए ।

उनीहरुले धमलाविरुद्ध निवेदन दिएको लामो समय बितिसक्दा पनि प्रहरीले वेवास्ता गरेको, उल्टै महिलाहरुलाई पक्राउ गरेको भन्दै नाराबाजी पनि गरेर चक्काजाम गरेका थिए ।

 

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved