ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि

  • साउन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/  हिमाली जिल्ला ताप्लेजुङमा घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को तथ्यांकअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो ।

इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन् ।

नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ तयारी स्वरूप शनिवार आयोजित अर्ध–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीका अनुसार मानवअधिकार उल्लंघन सम्बन्धी ३० वटा घटना भएकोमा सबैभन्दा बढी १६ वटा घरेलु हिंसासम्बन्धी रहेको छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म अर्थात् छ महिनाको अवधिमा भएको घरेलु हिंसासम्बन्धी घटनाबाट एक जना पुरुष १६ महिला गरी १७ जना पीडित भएका छन् ।

घरेलु हिंसासम्बन्धी घटनामा श्रीमान्–श्रीमतीबिच अर्थात् पारिवारिक झैँ(झगडा बढी रहेको इन्सेक प्रतिनिधि दियालीले जानकारी दिइन् । सन् २०२३ मा वर्षभरमा घरेलु हिंसासम्बन्धीका १८ वटा मात्र घटना भएका थिए ।

यस्तै छ महिनामा कुटपिटसम्बन्धी छ वटा, करणीसम्बन्धी छ वटा, जातीय विभेदसम्बन्धी एक र आत्महत्या दुरुत्साहनसम्बन्धी एउटा घटना भएको छ ।इन्सेक प्रतिनिधि दियालीले ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी तथा थुनुवा रहेकाले पूर्ण मानवअधिकार कायम हुनमा समस्या रहेको बताइन् ।

कैदी बन्दीको सङ्ख्याअनुसार आवास, शौचालय, खानेपानी लगायतका संरचना व्यवस्थापनले उनीहरूको बसाइमा भने भद्रगोल अवस्था नरहेको कारागारका प्रशासक कुलेन्द्र खवासले जानकारी दिए ।
अर्ध–वार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले यथार्थ तथ्यांकसहित अन्य थुप्रै प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटना हुनसक्ने भन्दै प्रतिवेदनमा सबै घटनाहरू समेट्न सुझाव दिए ।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved