समाज

    Showing 2,831-2,840 of 6,699 items.
  • उपनिर्वाचनको तयारी,कहाँ कहाँ हुदैछ ?

    धरान/ रिक्त रहेको स्थानहरुमा उप निर्वाचन गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी अघि बढाएको हो । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्न गृहकार्य अघि बढाएको हो। आयोगले प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विषयमा बिफ्रिङ गरेपछि सो तयारी अघि बढाएको हो।आयोगले सोका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गराउने तथा नयाँ मतदाता नामावली संकलन कार्य अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी गराउनुभयो। विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता ग

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एकतीस वटा गाइजात्रा

    धरान ।धरानमा मङ्गलवार नेवार समुदायले दिवङ्गत दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाइजात्रा निकालिएको छ । ध सिद्धि नेवाः परिषद्को आयोजनामा गाइजात्रा निकालिएको हो ।२०५२ साल देखि सामूहिक गाईजात्रा निकाल्ने प्रचलन रहि आएको छ। मृतकहरुको सम्झनामा ३१ वटा गाई सामूहिक रूपमा निकालिएको थियो । धरान–७ स्थित परिषद् भवन परिसरमा भेला भई गाईजात्राले बजार परिक्रमा गरि भानुचोक, छाता चोक, नेपाल टेलिकम देखि पुरानो बजार हुँदै पुनः परिषद् भवनमा पुगेर गाइजात्रा समापन गरिएको हो । गाई जात्रामा दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाई वा मानिसलाई नै गाईको प्रतीकमा शृङ्गार गरेर प्रदर्शन गर्ने च

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पौराणिक सुर्यकुण्डको संरक्षणमा बराह नगरपालिका

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पौराणिक महत्व बोकेको पर्यकीय स्थल सुर्यकुण्ड क्षेत्रमा सरसफाई गरिएको छ । सुर्यकुण्ड क्षेत्रको प्रर्वद्वन,प्रचारप्रसार तथा कुण्डको संरक्षण गर्ने उदेश्यले नगरपालिकाले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । प्राचीन महत्व बोकेको उक्त सुर्यकुण्ड क्षेत्र ऐतिहासिक,पुरातात्वबिक,पौराणिक तथा प्राकृतिक क्षेत्रको रुपमा प्रसिद्ध रहेको छ । सुर्यकुण्डमा रहेको आदि वराह मन्दिर क्षेत्र , सुर्यकुण्ड स्थलमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । सुर्यकुण्ड क्षेत्रको बिकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र संघिय सरकारसंगको सहयोगमा काम

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद मार्सल आर्ट्सको काठमाण्डौमा केन्द्रिय महाधिवेशन

    काठमाडौं/  नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपालभित्र नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स खेलको विकास विस्तारका साथै नेपाललाई खुकुरी मार्सल आर्ट्स खेलमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता बृद्धि गरी खेलकूदमार्फत राष्ट्रको प्रतिष्ठा अभिबृद्धिमा जोड दिँदै आएको संघले स्थापनाको छोटो अवधिमै ७७ जिल

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भैरहवा र पोखरा अन्तर्राष्ट्रिय उडानको तयारी

    काठमाडौँ/  सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजना सहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियत लगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । साउन २८ को मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना समेत स्वीकृत गरेको हो ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्कार संस्कृति वाम्बुले राईको ढ्वाङकुम पर्व मनाउँदै

    काठमाडौं/ किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् । उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रुपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रुपमा यो पर्व मनाउने चलन छ । सुरुमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो । पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लाम

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० वर्षीय ऋषिदेवको घाँटी रेटेर हत्या, किन भयो हत्या ?

    इनरुवा/ आज (सोमबार) विहान सुनसरीमा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका वडा नम्बर २ मा ५० वर्षिय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराती घाँटी रेटेर हत्या हो । प्रहरीका अनुसार उनको शव हत्या गरिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए । घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरीको पदस्थापनमा विद्यार्थीलाई छात्रवृत्ति र चिकित्सकलाई सम्मान

    धरान/  रोटरी क्लब अफ घोपा धरानले आफ्नो २२ औं पदस्थापना दिवसको अवसरमा धरानमा अध्ययनरत ३ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ भने चिकित्सा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउने दुई जना चिकित्सकलाई ‘लाइफ टाइम अवार्ड’ बाट सम्मानित गरिएको छ । रोटरी क्लब अफ घोपा धरानले धरान २ मा रहेको सुकुन्डा ब्यांकेट हलमा आयोजित पदस्थपना कार्यक्रममा बालिका मावि धरान १६ मा अध्ययनरत तीन जना जेहेन्दार छात्राहरु कक्षा ११ मा अध्ययनरत मुना मगर, कक्षा ९ की रितु कार्की डोली र कक्षा १० मा अध्ययनरत सुखी गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो भने चिकित्सा क्षेत्रमा लामो समयदेखि सक

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भदौ १० गते धरान र इटहरीका शिक्षकहरुको भिडन्त(भिडियो अन्र्तबार्ता सहित)

    धरान/ संस्थागत विद्यालयहरुको शिक्षकहरुबीच भातृत्व ,भाईचारा र स्वास्थ्य मानबजीबनको लागि शिक्षा सन्देश बोर्डिङ स्कुल धरान ६ ले फुटसल प्रतियोगिता शिक्षकहरुबीच गराउँदै आएको छ । आयोजक शिक्षा सन्देशले वि.स.२०७६ सालदेखि फुटसल प्रतियोगिता शिक्षकहरु बीच गराउँदै आएको हो । यो बर्ष पनि तेश्रो संस्करणको तयारी शुरु गरेको छ । धरान ८ स्थित बरगाछीमा रहेको बिग फुटसल खेल मैदानमा यही भदौ १० गते कृष्ण जन्माअष्टमीको दिन हुने भएको छ । प्रतियोगितामा धरान,इटहरीका संस्थागत विद्यालयका शिक्षकहरु सहित १६ वटा स्कुलले प्रतिष्पर्धा गर्ने छ । भदौ २ गते स्कुलहरुले दर्ता गराईसकेका छन् । अव प्रतियोगितामा विजेता हुने टिमल

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 1,241 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकार महासंघलाई ध्यानाकर्षण

    सुनसरी/ पत्रकारहरूको साझा मोर्चाको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन गराउन दबाब दिँदै एक ज्ञापन पत्र बुझाएको छ । योगेन्द्रप्रताप शाहीको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघका अध्यक्ष पोखरेललाई सो ज्ञापन पत्र बुझाएको हो । मोर्चाले पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा सम्पन्न महाधिवेशन सम्बन्धी भएका निर्णयहरूको माइन्युट उतारको प्रतिलिपि पनि माग गरेको छ । महासंघबाट माग गरिएका विषयमा मोर्चाले प्रधानमन्त्री कार्यालय,गृहमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय,राष्ट्रिय सूचना आयोग र

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved