तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगिता सुरु "बिकास चाम्लिङ राई"

  • भदौ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विहिवार देखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरि, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ ।

प्रतियोगिताको पहिलो खेल सुनाखरि स्कुलले काम्रेल स्कुललाई ३२–१९, लोटसले धरान मेघा हिमालयनलाई ३९–१४, प्रभातले डिपो स्कुललाई २३–२१ अंक र दिल्लि पव्लिकले प्याराडाइस स्कुल तरहरालाई ३९–२६ अंकले पराजिता गरेको छ ।

पहिलो खेलमा सुनाखरी र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ८–३, ५–६, १०–८ र ९–२ अंक जोडे ।

दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४–१, १०–२, १४–३ र ११–८ अंक जोडेका थिए ।

यसै गरि तेस्रो खेलमा प्रभात स्कुल र डिपो स्कुलले निर्धारित समय सम्म वरावर अंक जोडे पछि खेल थप समयमा धकेलिएको थियो ।

पाच मिनटको थप समयमा प्रभात स्कुलले डिपो स्कुल विरुद्ध र ४–२ अंक जोड्दै जित हात पारेका थिए ।

निर्धारित समयको खेलमा प्रभात र डिपो स्कुलले प्रत्येक क्वाटरमा ३–९, ३–२, २–५ र ३–११ अंक जोडेका थिए । विहिवार भएको चौथो खेलमा दिल्लि पव्लिक र प्याराडाइस तरहराले ९–०, ४–८, १४–१५ र १२–३ अंक जोडे ।  

डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रमका  प्रमुख अतिथि धरान १८ न. वडाका वडाध्यक्ष प्रविण राईले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए ।

प्रतियोगिता डिपो स्कुललका व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिवंगत श्रवणकुमार लिम्वुको स्मृतिमा आयोजना गरिएको हो ।

उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।

डपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लिम्वुको विशेष योगदान रहेको वताउदै उनको सम्मान तथा स्मृतिमा उनको परिवार संग सहकार्य गरेर प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष डपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्या. अम्मरवहादुर लिम्वुले वताए ।

उद्घाटान कार्यक्रम पश्चात लिम्वुको संम्झानामा उनको तश्विरमा माल्यापर्ण गरि एक मिनट मौनधारण गरेर श्रदान्जली अर्पण गरिएको थियो ।

प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमि, सियोन स्कुल, होलिल्याण्ड स्कुल,

समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहरा गरि १७ टिमले सहभागित जनाएको छ ।

कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिताको सम्पुर्ण खेल डिपो आर्दश वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।

भोलिको खेल –शुक्रवार) प्रभात र होलिल्याण्ड,  विष्णु स्कुल र आइडियल, सत्यशिसु निकेतन र समिट स्कुल, पुर्वाञ्चल स्कुल तरहरा र सियोन स्कुल र युनाइटेड गोर्खा र हिमशिखर स्कुल तरहरा विच प्रतिश्पर्धा हुनेछ ।

उद्घाटन कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, डिपो स्कुल गुठियार अध्यक्ष भिमराज लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, प्रतियोगिता संयोजक खड्कशमसेर लिम्वु, डिपो क्याम्पस प्रमुख राजकुमार राई, धरान मेघा हिमालयन कलेज अध्यक्ष कैलाश लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

 -बिकाश चाम्लिङ राई बाट

तस्बिरहरू :

IMG-20240912-WA0046

IMG-20240912-WA0044

 IMG-20240912-WA0013

 IMG-20240912-WA0048

 

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved