आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा तीनजना सिफारिस

  • भदौ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले जनजाति आन्दोलनका तीनजना अगुवालाई उपाध्यक्षका लागि सिफारिस गरेको हो ।

सोमबार बसेको बैठकले प्रतिष्ठानको उपाध्यक्षमा ताप्लेजुङका पासाङ शेर्पा, गोरखाका रेशम गुरुङ र मुस्ताङकी टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये पासाङ नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य हुन् ।त्यस्तै रेशम तमु छोँझ धिका पूर्व अध्यक्ष हुन् भने टासी संविधान सभा सदस्य हुन् ।

पासाङ शेर्पा एमाले केन्द्रीय सदस्य समेत छन् भने रेशम नेपाली कांग्रेसका नेता हुन् ।

त्यस्तो टासी पनि एमालेकी नेता हुन् ।सिफारिस समितिले पहिलो नम्बरमा पासाङ, दोस्रोमा रेशम र तेस्रोमा टासीको नाम प्रतिष्ठान सञ्चालक परिषदका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको छ ।

कांग्रेस र एमाले दुवैले उपाध्यक्षमा दावी गरेका छन् ।मन्त्रालय एमालेको भएको र प्रधानमन्त्री पनि एमालेकै भएका कारण पासाङ बलियो दाबेदार देखिएका छन् । तर कांग्रेसले भने सदस्य सचिव एमालेको भएका कारण उपाध्यक्षमा आफ्नो दावी रहेको जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved