डिपो बास्केटवल प्रतियोगिता: लोटस, सियोन, डिपिएस र प्रभात स्कुल सेमिफाइनल प्रवेश "बिकास चाम्लिङ राई"

  • भदौ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा लोटस विद्या मन्दिर, सियोन स्कुल, दिल्लि पव्लिक र प्रभात वोडिङ्ग स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।

विहिवार भएको क्वाटर फाइनलको पहिलो खेलमा लोटस विद्या मन्दिरले सुनाखरि स्कुललाई २५–१४, दोस्रो खेलमा सियोन स्कुलले विष्णु मेमोरियललाई ४१–१६, तेस्रो खेलमा दिल्लि पव्लिक स्कुलले समिट स्कुललाई ४४–२७ र चौथो खेलमा प्रभात स्कुलले हिमशिखर स्कुल तरहरालाई २६–२१ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

पहिलो खेलमा लोटस र सुनाखरि स्कुलले प्रत्येक क्वाटरमा ३–०, ४–०, ९–६ र ९–८ अंक जोडे । दोस्रो खेलमा सियोन र विष्णु स्कुलले प्रत्येक क्वाटरमा १०–६, १०–४, १२–० र ९–६ अंक जोडेका थिए ।

यसै गरि तेस्रो खेलमा दिल्लि पव्लिक र समिट कुलले प्रत्येक क्वाटरमा ८–६, १६–३, ७–९ र १३–९ अंक जोडेका थिए ।

चौथो खेलमा प्रभात स्कुल र हिमशिखर तरहराले प्रत्येक क्वाटरमा ६–१३, १३–३, ४–० र ३–६ अंक जोड्रदै सेमिफाइनल प्रवेश गरेका छन ।

आइतवार हुने पहिलो सेमिफाइनल खेलमा लोटस विद्या मन्दिरले सियोन स्कुल र दोस्रो सेमिफाइनल खेलमा दिल्लि पव्लिक स्कुल र प्रभात वोट्रिङ्ग स्कुलले प्रतिश्पर्धा गर्नेछ ।

डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको छ ।

फाइनल खेल भाद्र ३१ गते सोमवार विहान हुनेछ ।

तस्विरः बिकास चाम्लिङ राई

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved