समाज

    Showing 2,691-2,700 of 6,827 items.
  • आजदेखि सप्तकोशीमा जेटबोट पुनः सञ्चालनमा आयो

    धरान/ सप्तकोशी नदीको जल सहत घट्दै गएपछि आजदेखि बराहक्षेत्रको चतरा स्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीको जल सतह घट्दै गएकाले आजदेखि जेटबोट पुनः सञ्चालन शुरू गरिएको बताए । चाडवाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ । अविरल बर्षासँगै कोशीमा पानीको बहाब वढ्पछि असुरक्षा हुने भएकाले जेटबोट सेवा बन्द भएको थियो । अहिले सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुर लगाय

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 793 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईमा सुनसरी टपर हेलेनलाई धरानमा नगद सहित सम्मान

    धरान/ एसइई परीक्षामा सुनसरी जिल्लाका टपर हेलेन तुम्बापो स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट सम्मानित भएका छन् । इटहरी निवासी हेम राज तुम्बापोको छोरा तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले नगद १० दश हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बापो समाज सेवा संघका केन्द्रीय सदस्य कविरमान तुम्बापो प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजका प्रमुख सल्लाहकार डम्बर कुमार तुम्बापो, बरीष्ठ सल्लाहकार केबेर लाल तुम्बापो,सु

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका डिक बहादुर खड्का ४० बर्षदेखि  कुकुर बाँध्ने फलामे साङ्लोमा  

    इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा  सुन्दा पनि आश्चर्य लाग्ने हृदय बिदारक  घटना , ४० बर्ष भन्दा बढी एक मानिसलार्इ आफ्नै घरभित्र फलामको कुकुर बाध्न प्रयोग गरिने साङ्लोले बाधेर राखिएको छ  ।यो अमानबिय,,गैह्र कानुनी घटना लाई राज्यले केहि गर्नु जरुरी छ ।    उपचार पाए ,उनी बोल्न सक्छ्न ।आफ्नो मान्छे चिन्छ्न।आफैसौचालय जान्छ्न । खान दिएको खाना आफै खान्छ्न ।पेट भरिएपछी भयो अब नखाने भन्छ्न ।   पानी खान्छु तिर्खा लाग्यो भन्छ्न । हास्न सक्छ्न ।जुन कुरा बिगतमा ४ महिना अस्पताल राखेर उपचार गरेपछी सुधार भएको प्रमाण समेत छ ।    तर परिवारले उपचार गर्न सकेन ।लापरब

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 920 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीको १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा

    विराटनगर/  कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वट पुल अलपत्र परेका छन् । प्रदेश सरकार स्थापना भएपछि शुरु भएको प्रदेशका ती योजनाहरु अलपत्र परेका छन् । कम सक्नु पर्ने समय सिमा गुज्रिएपनि ती योजनाको प्रगती हुन सकेको छैन । भौतक प्रगती हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरुलाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरेको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपन्द्र राईले समय सिमा गुज्रिसकेर पनि निर्माण सम्पन्न हुन नसकेका १९ वटा सडक र १२ वटा पूललाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरिएको बताए । प्रदेश सरकारले संकटग्रस्त योजना घोषणा गरि काम शुरु गर्नेका लागि योजना

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाल गृह बालबालिकालाई कपडा वितरण

    दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.५स्थित रहेको दुहबी बाल गृहको बालबालिकालाई दसैँका लागि कपडा वितरण गरेको छ । दुहबी नगरपालिका वडा न.४ निवासी शुभम दाहालको आमा टीका दाहालले व्यक्तिगत रुपमा दुहबी नगरपालिका–५ मा रहेको दुहबी बाल गृहको २४ जना बालबालिकालाई २हजार रुपैयाँ बराबरको कपडा एक कार्यक्रम गरि वितरण गरेका हुन् । दशैको कपडा पाएपछि बालबालिका हषिर्त भएका दुहबी बाल गृहका मेनेजर आशु मण्डलले बताए ।

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्रि चौथी तिथि : आज पनि कुष्माण्डा देवीको पूजा गरिदै

    सुनसरी /नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ। आज बिहान ६:१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए। आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो। आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो। आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ। नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 495 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरको समर्थक कुलदीपले प्रहरी समक्ष पत्रकार जनकऋषिसँग माफी मागेपछि छाडियो

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका समर्थक कुलदीप राईले पत्रकार जनकऋषि राईसग  इलाका प्रहरी कार्यालय धरानमा प्रहरी समक्ष माफि मागेका छन । सामाजिक सञ्जाल र सन्चारमाध्यममा आएको सुम्निमा पारुहाङ साँझ २०८१ को विषयलाई लिएर लेखिएको स्टाटसकै कारण मेयर राईका समर्थक राईले दिउँसो प्रहरी कार्यालयमा गएर माफि मागेका हुन् । इलाका प्रहरी प्रहरी कार्यालय धरानका डिएसपी जवेगुले पत्रकार राईलाई धाक धम्की दिएकाले प्रहरीमा बोलाएर माफि मगाइएको बताए ।उनले भने, “धाकधम्की दिने कुलदिपले आवेगमा आई आफुले गल्ती गरेको प्रहरी समक्षमा स्वीकार गर्दै आइन्दा यस्तो नगर्ने सर्तमा पत्रकार राईसँग माफि

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 2,455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोटाङमा डोजर आतंक बन्द गरी,धनजनको क्षतिबाट जोगाऔं

    सडक बिस्तारका नाममा जथाभावी र हचुवाका भरमा बाटोको ट्रयाक नखोलौ । सडक बिस्तार गर्नुपर्ने भए सडक बिभागका विशेषज्ञ इन्जिनियरहरुको फिल्डभिजिट पछिको प्राबिधिक प्रतिबेदनका आधारमा सडक बिस्तारको काम गरौ । खोटाङ जिल्लालाई प्राकृतिक बिपत्तिका घटनाबाट बचाऔं । सुन्दर खोटाङलाइ कुरुपहुनबाट र जनधनको क्षति हुनबाट जोगाऔं । हलेसी महादेव र कालिका भगवतीले हामी सबैको रक्षा गरुन । दशैको शुभकामना सहित । जय खोटाङ ।।। पत्रकार रत्न प्रसाद आचार्यको फेसबुकबाट -रत्न प्रसाद आचार्य (पत्रकार)

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झण्डाचौकमा सडक मर्मतसँगै सरसफाई

    बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलामा क्रियासिल रहेको खारखोला फुलवल क्लबले झण्डा चौकलाई सौन्दर्य बनाउन सरफाई तथा दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्ने उदेश्यले सडकमा रहेको खाल्डल मर्मर तथा पुर्ने कार्य गरेको छ । शनिवार दशैं , तिहार लगायतका चाडपर्वको नजिकिएसंगै उक्त चौकको सरसफाईसंगै सडक मर्मत, सडक दाया बायाको झाडी सफाई गर्ने काम गरिएको क्लबका अध्यक्ष संन्तोष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार धरान -चतरा र पकली - भिमान जाने चौरस्था बाटोको रुपमा रहेको झण्डा चौकले परिचित बनेको उक्त क्षेत्रमा रङ्ग रोगन गर्ने , झण्डा फेर्ने लगायका काम पनि गरिने छ । उक्त कार्यमा क्लव

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समय सन्दर्भ : धरानमा भित्रियो खसी बोका

    धरान/ नेपालीहरुको महान चाड दशै घरघरमा भित्रिइसकेको छ । दशैमा रमाइलोसँगै मासुका परिकारहरु सबैको घरमा पाक्ने गर्छ । यसले गर्दा मासुको जोहोमा सर्वसाधारण दशै आउनु भन्दा एक दुई हप्ता अगाडिदेखि नै लाग्ने गर्छन् । खसी र बोकाका लागि धरान १३ कृषि उपज बजार व्यापारिक स्थलको रुपमा मानिन्छ । दशैमा खसी बोकाको किनबेचका लागि कोशी प्रदेशकै कृषक, व्यापारीह खरिदविक्रीका लागि आउने गर्छन् । तर यस बर्ष लगातारको बर्षादले सडक सञ्जाल भत्काइदिँदा भने बजारलाई समेत आंशिक रुपमा प्रभाव पारेको छ । धरान १३ मा रहेको कृषि उपज बजारमा दशैको अन्तिम शुक्रबार खसीबोका किनबेच गर्नेको घुइँचो नै थियो । विहीबार नै कृषक तथा व्यापा

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 789 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved