धरान/ सप्तकोशी नदीको जल सहत घट्दै गएपछि आजदेखि बराहक्षेत्रको चतरा स्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा आएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीको जल सतह घट्दै गएकाले आजदेखि जेटबोट पुनः सञ्चालन शुरू गरिएको बताए ।
चाडवाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ ।
अविरल बर्षासँगै कोशीमा पानीको बहाब वढ्पछि असुरक्षा हुने भएकाले जेटबोट सेवा बन्द भएको थियो ।
अहिले सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुर लगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न हुनेछ ।
आज बिहान सुनसरीको चतरामा रहेको सप्तकोशी नदीमा पुगेर प्रमुख जिल्ला अधिकारी तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उप अनुसन्धान निर्देशक तुल्सी कट्टेल लगायतले निरीक्षण गरेका थिए ।