आजदेखि सप्तकोशीमा जेटबोट पुनः सञ्चालनमा आयो

  • असोज २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धरान/ सप्तकोशी नदीको जल सहत घट्दै गएपछि आजदेखि बराहक्षेत्रको चतरा स्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा आएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीको जल सतह घट्दै गएकाले आजदेखि जेटबोट पुनः सञ्चालन शुरू गरिएको बताए ।

चाडवाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ ।

अविरल बर्षासँगै कोशीमा पानीको बहाब वढ्पछि असुरक्षा हुने भएकाले जेटबोट सेवा बन्द भएको थियो ।

अहिले सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुर लगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न हुनेछ ।

आज बिहान सुनसरीको चतरामा रहेको सप्तकोशी नदीमा पुगेर प्रमुख जिल्ला अधिकारी तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उप अनुसन्धान निर्देशक तुल्सी कट्टेल लगायतले निरीक्षण गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved