कोशीको १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा

  • असोज २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वट पुल अलपत्र परेका छन् ।

प्रदेश सरकार स्थापना भएपछि शुरु भएको प्रदेशका ती योजनाहरु अलपत्र परेका छन् ।

कम सक्नु पर्ने समय सिमा गुज्रिएपनि ती योजनाको प्रगती हुन सकेको छैन । भौतक प्रगती हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरुलाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरेको छ ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपन्द्र राईले समय सिमा गुज्रिसकेर पनि निर्माण सम्पन्न हुन नसकेका १९ वटा सडक र १२ वटा पूललाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरिएको बताए ।

प्रदेश सरकारले संकटग्रस्त योजना घोषणा गरि काम शुरु गर्नेका लागि योजना समेत बनाएको बताए ।उनले भने,‘सङ्कटग्रस्त योजना घोषणा गरि यहि महिनादेखि निर्माण स्थलमै गएर छलफल थालिने छ ।

योजना स्थलमा जाने,निर्माण व्यवसायीलाई पनि लैजाने र जनतालाई पनि भेला पारेर छलफल गर्ने तयारी भएको छ ।’मोरङ्गमा चार वटा सडक सङ्कटग्रस्ता घोषणा भएका छन् ।

यस्तै सुनसरीमा ३ वटा सडक आयोजना सङ्कटग्रस्त घोषणा भएका छन् । झापा उदयपुर, ओखलढुङ्गा र इलाममा दुई दुई वटा सडकलाई सङ्कटग्रस्त घोषणा गरिएको छ ।

यस्तै सोलुखुम्वु र सङ्खुवासभाका एक एक सडक आयोजना अवधी सकिएर पनि अलपत्र रहेको मन्त्री राईले बताए । यस्तै सङ्खुवा सभाका ३ वटा भोजपुरका दुई वटा पुल समाय अबधी सकिएर पनि निजर्माण सम्पन्न हुन सकेका छैनन् ।

मन्त्रालयका अनुसार तेह्थुम, इलाम धनकुटा भोजपुर सुनसरी उदयपुर र सोलुखुम्वु जिल्लामा निर्माणा धिन पुल पनि अलपत्र परेका छन् ।

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

धरानमा तरुण दलको अधि ...

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं. ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved