समाज

    Showing 2,651-2,660 of 5,440 items.
  • जिरो प्वाइन्टमा दुर्घटना: एकजनाको मृत्यु

      धरान /धरान उपमहानगरपालिका वडा नं. १३ मा जिरो प्वाइन्टमा दुर्घटना हुदा एकजना महिलाको घट्ना स्थलमै मृत्यु भएको छ भने सख्त घाइते भएका एक पुरुषकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धरान १३ जिरोपोइन्ट धरान १६ स्टुडियम जाने बाटो र भानुचौक झर्ने सडक छेउमा दुर्घटना हुदा स्कुटीमा सवार पर्साकी बीपीमै कार्यरत कर्मचारी अमरिता माखिम (लिम्बु)को घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटीमा सवार मृतकका श्रीमान प्रभु दियाल चौधरीको धरास्थित बीपी कोइरालाको आकस्मिक कक्षमा उपचार भइरहेको जनाइएको छ । प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा आज विहान भएको

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • 1,149 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छ नम्बर वडाअध्यक्ष राप्रपा प्रवेश

    धरान/  नेपालमा स्थापित गणतन्त्र, धर्म निरपेक्ष र संघीयताले देशमा अराजक अवस्था निम्त्याउदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । लिङ्देनले धरान उपमहानगरपालिका वडा नं. ६ बाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने कार्यक्रममा वडाध्यक्षकै घरमा प्रवेश कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् । उहाँले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपालमा हिन्दु राष्ट्र, संघीयता र धर्मनिरपेक्ष राष्ट्र हुनुहुदैन भन्दै वकालत गर्दै हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियान जारी रहेको स्पष्ट पार्दै अहिले नविन राप्रपा

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान मेघा-रेवाहाङ स्मृति कप बास्केटबल प्रतियोगिताकाे तयारी पूरा

    धरान/ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिताका सबै खेल यही भदौ २५ देखि ३० गतेसम्म मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । आयोजक पक्षले धरान मेघा हिमालयन कलेजको सभाकक्षमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा धरान र यसवरपरका विद्यालयका १६ वटा टिम सहभागी हुने भएका छन् । कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने प्रतियोगिताका विजेताले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० हजार रुपैयाँ, ट्रफी, मे

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • 866 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार बर्ष अगाडि बनेको मुख्यमन्त्रीको कार्यालय कामविहीन

    धनकुटा/ धनकुटा सहित कोशी पहाडी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुम गरी चार जिल्लालाई प्रदेश सरकारले सेवा दिने उद्देश्यले धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय स्थापना भएको चार बर्ष बितिसकेको छ । कोशी प्रदेशबाट सञ्चालित विकास आयोजनाको अनुगमन मूल्यांकन गर्ने र अन्तर्गतका कार्यालयको प्रशासनिक सेवा सुदृढ बनाउने उद्देश्य राखेर २०७६ बैसाखमा स्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को सम्पर्क कार्यालय लामो समयदेखि काम विहीन बनेको छ । तत्कालीन प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मत्थर पार्न प्रदेश सरकारले २०७६ वैसाखमा धनकुटामा मुख्यमन्त्री तथा मन्

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १५ मा आगलागी घर पूर्ण रुपमा जलेर नष्ट

    धरान / धरान १५ मदन आश्रित चौकको एक घरमा आगलागी भएको छ । मदन आश्रित चौक कोकोनट हाउस छेउमा रहेको सीता धितालको काठले बनेको टिनको छाना भएको दुई तले घरमा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेका सुनचाँदीका गहना, लत्ताकपडा, दुई वटा बाख्रा लगायतका सरसमान जलेर नष्ट भएको हो । विहान खाना पकाउने क्रममा ग्याँस पड्केर आगलागी भएको पीडित सीता धितालकी कान्छी बुहारी कल्पना धितालले बताइन् । धरान उपमहानगरपालिकाको दुई वटा दमकल, जनपथ प्रहरी, नगर प्रहरी र स्थानीय प्रहरीले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको पीडित कल्पनाले जानकारी दिइन् । उनँले अगालागीबाट करिब १ करोड बराबरको क्षति भएको बताइन् ।

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • 1,007 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा सङ्गिनी, सिलोक र विरहन गायन प्रतियोगिता हुने

    इटहरी/  इटहरीमा पहिलो पटक सङ्गिनी, सिलोक र विरहन गायन प्रतियोगिता हुने भएको छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू बिचमा लोपोन्मुख भएका सङ्गिनी, सिलोक तथा थारु जातिको विशेष गीति नृत्य विरहन प्रतियोगिता आयोजना हुने भएको हो । इटहरी ५ मा रहेको बालाजी ज्येष्ठ नागरिक समाजले भदौ २३ गते देखी आयोजना गरेको ज्येष्ठ नागरिक सांस्कृतिक उत्सवमा यी तीन विधामा प्रतिस्पर्धा हुने भएको हो । इटहरीका विभिन्न १४ वटा वडाबाट प्रतिनिधित्व गर्दै समूहगत रूपमा तीन विधामा एक सय २८ जनाले प्रतिस्पर्धा गर्दैछन् । महिलाहरूमा लोकप्रिय मानिएको सङ्गिनी विधामा १४ वडाका १४ समूहका ७७ जना ज्येष्ठ महिलाहरूले प्रतिस्पर्धा ग

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • 588 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओमसाई पाथीभराको सेवा विस्तार

    भद्रपुर/ झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले गुणस्तरीय स्वास्थ्यका लागि थप सेवा बिस्तारको तयारी गरेको छ । अस्पतालले आगामी असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका सञ्चालक दिपक पोखरेलले जानकारी दिए । अस्पतालले कन्सल्टेन्ट चिकित्सकको समेत सेवा शुरु गर्न लागेको छ । साबिक मेची अञ्चलमै पहिलो पटक अस्पतालमा कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. कुन्दनकुमार यादव र कन्सलटेन्ट डा. श्रवणकुमार राउतको दैनिक सेवा शुरु हुन लागेको जनाइएको छ । डा. राउत कन्सल्टेन्ट फिजिसियन हुन् । उनी भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट आउन लागेका हुन् । एम्स

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउनसुगर सहित तिन जना पक्राउ

    झापा/ झापाको भद्रपुर नगरपालिका–८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतिय नागरीक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हु

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाखे प्रतियोगितामा रामधुनी नेवाः देय दबु प्रथम

    विजयपुर / नेवाः देय दबुले वर्षेनी आयोजना गर्दै आएको लाखे नाच प्रतियोगिता धरानमा सोमबार सम्पन्न भएको छ । धरानको भानु चोकमा भएको लाखे नृत्य प्रतियोगितामा झुम्काको रामधुनी नेवाः देय दवुको लाखे नाँच प्रथम भएको छ । त्यसै गरि मधुवन नेवाः देय दवु मधुवन दोस्रो भएको छ भने धरान ३ को झिगु लाखे तेस्रो र नेवाः देय दवु इटहरी वालग्राम चौथो भएको छ । प्रथम, दोस्रो, तेस्रो र चौथोलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियोे । प्रतियोगितामा झुम्का, मधुवन, धरान लगायत बराहक्षेत्र, चक्रघटिका १६ वडा लाखे समुह सहभागि भएका थिए ।   प्रतियोगिता कार्यक्रममा नेवारी समुदाय र गै

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा नम्बर ९ लाई निशुल्क रगत उपलब्ध गराउने

    विजयपुर / वडावासीहरुलाई निशुल्क रगत उपलब्ध गराउन धरान उपमहानगरपालिका वडा नम्बर ९ ले नेपाल रेडक्रस सोसाइटी सुनसरी संग सम्झौता गरिएको छ । रेडक्रस र धरान वडा नम्बर ९ कार्यालय बीच निःशुल्क रगत उपलब्ध गराउनेबारे मंगलबार सम्झौता गरिएको छ । नेपाल रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्झौता पत्रमा वडा नम्बर ९ का अध्यक्ष रुपेश आचार्य र रेडक्रसका सभापति उमेश थापाले हस्ताक्षर गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैंकमा रगतको विभिन्न परीक्षण, ब्लड ब्याग, ट्रान्सफ्युजन लगायत रगत आवश्यक हुँदा एक हजार पचास रुपैया शुल्क तिर्नु पर्ने हुन्छ । सम्झौता अ

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved