धरान उपमहानगरपालिका मेयर विहीन "कार्यबाहक मेयरको जिम्मेवारी उच्च अदालतद्धारा खारेज"

  • कार्तिक ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt


धरान । धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यबाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएपछि उपमहानगरपालिका मेयर विहीन भएको छ ।
धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो ।

मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाअध्यक्षलाई काबा तोकेसँगै उप मेयर आइन्द्र विक्रम बेघा अदालत गएका थिए ।

आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४)को देहाय (क) को देहाय (१२) ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।

 

 

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved