विमल गुरुङ कृति पुरस्कार,१०कृति छनौट( कुन कुन कृति परे हेर्नुहोस्) " कविता महोत्सवका लागि १० कविता पनि छनौट"

  • कार्तिक २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्य क्षेत्रको विकास र साहित्यकारको सम्मानको लागि प्रदान गर्दै आएको विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश श्रेष्ठ कृतिहरुको नाम शुक्रबार सार्वजनिक गरेको छ ।

छनौटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बांकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रविण खालिङको निवन्ध संग्रह चियागफ, मन्जुला तामङ सुव्वाको कविता संग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका छन् ।

स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ ।

यिनै १० कृति मध्ये एक कृतिलाई ताम्रपत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । पुरस्कार राशी नगद राशी २ लाख रुपैयाको रहेको छ । पुस्तकालयले दुइ बर्षअघि देखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी विगत ३३ बर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवकालागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनौट गरेको छ । महोत्सवकालागि प्राप्त भएका ८१ कविताहरु मध्ये १० कविता छनौट गरिएको हो ।

पुस्तकालयले सार्वजनिक गरेको कविताहरुमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदिको किनारै किनार, मोरङका समिक्षा छिलिङ राईको फूल र म, इलामका दिपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रसान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैचाको अर्गानिक मुस्कान र सुनसरीका दिपा मग्रातीको देशमा मेरो अनुहार रहेका छन् ।

उत्कृष्ट १० मध्ये प्रथमलाई नगद २१ हजार रुपैया, दोश्रोलाई १८ हजार रुपैया र तेश्रोलाई १७ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने पुस्तकालायले जनाएको छ । विमल गुरुङ कृति पुरस्कार र कवितामा विजयी उत्कृष्ट तीनजनालाई २०८१ कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्वमा पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved