कहिले बन्छ, धरान–चतरा मदनभण्डारी राजमार्ग ?(भिडियो सहित) " छिट्टै बाधा अड्काउ सरकारले फुकाउँछः सांसद रमेश बस्नेत"

  • कार्तिक ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt - रणध्वज लोहार

धरान/ राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्ग अन्र्तगत धरान चतराको सडक खण्ड निर्माणमा ढिलाई भएको छ ।

सडक निर्माण सम्पन्न गर्नको लागि सडक आसपासका रुखहरु बाधक भएपछि सडक निर्माण सम्पन्न गर्नको लागि ढिलाई भएको हो ।

धरान ६ पानबारीको सेहरोखोलादेखि धरान ८ स्थित तिनकुने क्षेत्र हुँदै लाग्घाली,हरियाली बन क्षेत्र सहित सर्दु अनि पटनालीदेखि बराहक्षेत्रको सडक आसपासमा रहेका वन क्षेत्रको रुख कटान गरेर मापदण्ड मुताबिक सडक निर्माण गर्नु पर्नेछ ।

सामुदायिक वन क्षेत्रको उक्त रुख कटान गर्नको लागि नेपाल सरकारको स्वीकृती चाहिने र मन्त्री परिषदको निर्णय चाहिने भएकाले पनि ढिलाई भएको हो । तर सरकारले उक्त स्थानको रुख कटानको लागि मन्त्री परिषदको निर्णय गन ढिलाई गरेको छ । जसका कारण धरान पानबारीको सेहराखोलादेखि बराहक्षेत्र १ स्थित झण्डाचौक सम्म राजमार्ग निर्माणमा ढिलाई भएको छ ।

त्यस सडक खण्डमा पुलको काम पनि सुस्त गतिमा छ । पटनाली र खारखोलाको बीच जंगलको बाघ खोलामा बारम्बारको ताकेता र दबाव पछि पुल निर्माण शुरु भएपनि त्यो अहिले स्थगित रहेको छ । वर्षायामको कारण देखाउँदै निर्माण कम्पनीले निर्माण कार्य पनि स्थगित गरेको छ । पानबारी सेहराखोलादेखि बराहक्षेत्रको झण्डाचौक सम्मको लगभग १५ किलोमीटर सडक निर्माण पुर्ण हुन बाँकी रहेको छ ।

अन्य स्थान पानबारीदेखि केराबारी हुदै जाने सडक पनि क्रमसः निर्माण सम्पन्न हुँदै अघि बढेको छ । तर पानबारी चतराको सडक खण्डको निर्माण कार्य सम्पन्न गर्नको लागि वनको रुख कटान गर्न नै मन्त्री परिषदको निर्णयको पर्खाईमा रहेको कोशी प्रदेश सभा सदस्य रमेश कुमार वस्नेतले कोशी पत्रसँग बताए ।

उनले भने,‘म लगायत यस क्षेत्रका सवै सांसद सहित संघीय सरकारका मन्त्री,निर्माण ठेकेदार कम्पनी लगायतसँग दशैं अघि मात्रै पनि संवाद र छलफल भएको छ,रुख कटानको बाधा अडकाउ फुकाउनको लागि प्रधामन्त्री केपी शर्मा ओलीले पनि चाँडै मन्त्री परिषदले निर्णय गर्ने प्रतिवद्धता दिनु भएको छ,संभवत यो तिहार अघि निर्णय हुन्छ र काम अघि वढ्ने छ ।

कोशीपत्रले गरेको स्थलगत भिडियो सामाग्री प्रस्तुत छ :

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved