दुहबी/ सुनसरी क्षेत्र नम्बर ३ का बासिन्दाले नयाँ तथा पुरानोका भर नभएको तर भगबती चौधरीमा बिश्बास भएको जनाएका छन ।सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । भगबती चौधरीले गर्नुभएको योगदानका कारण सुनसरी ३ बासिन्दाले उहाँप्रति भरोषा राखेका हुन । बुढाथोकी भन्नुहुन्छ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर ने
सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडामा सञ्चालित युनिभर्सल इंग्लिस सेकेन्डरी स्कुल ले आफ्नो २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक, शैक्षिक र सम्मान कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यालयको शैक्षिक उपलब्धि, सांस्कृतिक विविधता र व्यवस्थापनको भावी योजना एकैसाथ झल्काएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल गणेश भण्डारीले गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउँदै विद्यालय व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउने योजना सार्वजनिक गरे। उनले विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन भइरहेक
धरान/ सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायले आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समिति, धरान उपमहानगर समिति र जिल्ला सुनसरीले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी सूर्यबहादुर भट्टराई (मनोज) लाई आगामी निर्वाचनमा सहयोग गर्ने घोषणा गरेको हो। समितिले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घोषणापत्रमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या स्पष्ट रूपमा समेटिएको र दीर्घकालीन समाधानका लागि प्रतिबद्धता व्यक्त गरिएकाले समर्थन गर्ने निर्णय गरिए
धरान/ २०४८ सालदेखि निरन्तर विजय हासिल गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सुनसरी निर्वाचन क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने निर्वाचनमा पुनः इतिहास दोहोरिने दाबी गरेको छ। शनिबार धरानस्थित भानुचोक मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले विगतको जनविश्वास र संगठनात्मक सुदृढताले यसपटक पनि विजय सुनिश्चित हुने संकेत गरेको बताएका हुन्। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गौतम ले सुनसरी–१ लाई मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला श्रेष्ठ तथा जयकुमार राईजस्ता व्यक्तित्वले प्रतिनिधित्व गरेको ऐतिहासिक क्षेत्रका रूपमा स्मरण गराउनुभयो। उहाँले बदलिँदो सम
धरान/ सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य बहादुर भट्टराई (मनोज) को सचिवालय टिमले बुधबार बिहानदेखि प्रतीकात्मक पैदल यात्रा सुरु गरेको छ। धरान–१४ स्थित विजयपुर दरबार बाट प्रारम्भ गरिएको यात्राले उम्मेदवार भट्टराईको चुनावी नारा—“सुनसरी क्षेत्र नम्बर १ को भूगोल र मन जोड्न मेरो उम्मेदवारी”—लाई व्यवहारमै उतार्ने सन्देश दिएको सचिवालयले जनाएको छ। सचिवालय सदस्य जनकऋषि राईका अनुसार पहिलो दिनको यात्रा बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, धरान पुरानो बजारस्थित जामा मस्जिद धरा
धरान/ सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीको शालिन अभिव्यक्ती,प्रचारशैली र बिकासप्रेमी छबीका कारण मतदाता आकर्षण बढेको छ । भगबती चौधरीले आफू गर्न नसक्ने झुठो आश्वासन नदिने, अरु उम्मेद्वारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर शुसासनका लागि लडने प्रतिबद्धता जनाउनुभएको छ । एमाले उम्मेद्वार चौधरीले अघिल्लो चुनाबबाट बिजयी भएपछि तीन बर्षमा तीन अर्व २१ करोड बजेट सुनिश्चित गरेर सुनसरी ३ मा बिकास योजना संचालन गरेको बताउनु भएको छ । ती मध्ये केहि योजना पुराहुन वाँकी छन, कामपूरा गर्ने जिम्मेबारी दिन जनता समक्ष भगबती चौधरीले आग्रह गर्नुभएको छ। उहाँले २७५ बिपन्न परिवार लाई घर बनाएर दिनु भएको छ । द
धरान/ धरान उपमहानगरपालिकामा ‘दलित अधिकार ऐन’ तत्काल निर्माण गरी कार्यान्वयन गर्न माग गर्दै विभिन्न दलित संघ–संस्था तथा भातृ संगठनहरूले कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा समक्ष संयुक्त ध्यानाकर्षण पत्र पेश गरेका छन्। दलित ऐन निर्माण परामर्श समितिको अगुवाइमा बुझाइएको पत्रमा नेपाली समाजमा वर्णाश्रम व्यवस्थाबाट सिर्जित जातीय विभेद र छुवाछुतजस्ता कुप्रथाले दलित समुदाय सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक रूपमा पछाडि पारिएको उल्लेख गरिएको छ। संविधानको धारा २४ (छुवाछुत विरुद्धको हक), धारा ४० (दलितको हक) र धारा ४२ (सामाजिक न्यायको हक)तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ क
धरान/सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार टिकाराम लिम्बु ले धरान–१९ मा घरदैलो अभियानलाई तीव्र बनाउँदै चुनावी माहोल थप ताताएका छन्। ‘युवा शक्ति, समृद्ध सुनसरीका लागि’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। धरान–१९ को बालक चोकस्थित निर्वाचन परिचालन समितिको कार्यालयबाट शुभ–सगुनसहित सुरु भएको कार्यक्रममा समानुपातिक उम्मेदवार मौसमी राई, नेता–कार्यकर्ता तथा युवापंक्तिको सक्रिय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, विकासका आवश्यकता र जनअपेक्षाबारे सुझाव संकलन गरे
धरान/ रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५/२५ जना नानीहरूलाई व्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन । क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा क्लबका अध्यक्ष ताम्राकारले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई प्रारम्भिक चरणमै आवश्यक सहयोग उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विगतदेखि नै क
धरान/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनसरी क्षेत्र नं. १ ले आगामी निर्वाचन लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्दै विकासका ठूला पूर्वाधार योजनाहरू अघि सारेको हो। निर्वाचन परिचालन कमिटीकी संयोजक मन्जु भण्डारीले स्लाइड प्रस्तुतिमार्फत घोषणापत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार विकासमार्फत क्षेत्रको समृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता जनाइन्। “विकासमा हाम्रो दूरदृष्टि : शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र