बराहक्षेत्र नगरपालिकाद्बारा बजार अनुगमन प्रभाबकारी बनाउदै

  • जेठ २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक्रवारे चोक, शिबशक्ति चोक र कुट्टी चोक क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरेको छ।

नगरपालिकाले बजार अनुगमनलाइ प्रभाबकारी बनाउने योजना अनुसार नगरपालिकाको अनुगमन टोलिले पसलहरुमा अनुगमन गरेको हो।

उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गर बजार अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

बिशेषगरि भन्सार छलि गरि ल्याएका सामाग्रीहरु , म्याद नाघेका बस्तु, व्यवसायको दर्ता , नबिकरण लगातयका विषयमा अनुगमन टोली बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।

वडा कार्यालय , नगरपालिकाको कार्यलय गर्नु पर्ने दर्ता प्रकृया , राजश्वको छलि, बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका बिषयहरुमा पसलहरु अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमन टोलीले म्याद नाघेका सामग्री, राजेश्व छलि गरि ल्याएका सामाग्रीहरु नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतनासंगै म्याद नाघेका सामाग्री नष्ट गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका अध्यक्ष तुसली श्रेष्ठ नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved