समाज

    Showing 2,471-2,480 of 5,434 items.
  • कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

    विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ । ‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो । असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाएको छ। दैनिकी रुपमा खाना वितरण गर्दा ११ हजार रुपैयाँ खर्च हुने संस्थाका अध्यक्ष देवकीनन्दन अग्रवालले बताए । खाना वितरण कार्यलाई निरन्तरता दिनुका साथै कम्तीमा पनि १२ महिनासम्म यो कार्यक्रम चल्ने अग्रवालको दाबी छ । महिनाको १६ दिन जति सहयोगी दाताहरुले नै रकम सहयोग गर्ने गरेको संस्था

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजमार्गमा गैरकानुनी पटके सवारी कर बन्द गराउन माग

    धरान/ स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट राखेर असुली गरिरहेको पटके सवारी कर तत्काल बन्द गराउन माग गर्दै यातायात व्यवसायीहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश, सुनसरी उद्योग वाणिज्य संघ धरान, नेपाल ट्रक व्यवसायी महासंघ कोशी प्रदेश र पुर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । व्यवसायीहरुले सुनसरी प्रहरी प्रमुखलाई पनि ज्ञापन पत्र बुझाएका छन् । यसअघि पनि स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै राजमार्गमा पटके सवारी कर असुल हुने गरि ठेक्का न

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

    विराटनगर/ विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ । महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गरेका हुन् । विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र ८ वटा कृषि समूहलाई बिऊ वितरण गरिएको थियो । पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बिऊ वितरण गरिएको थियो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिए । महानगरमा दर्ता भएका कृषि फर्मलाई छनौट गरेर उन्नतजातको बिऊ वितरण गरिएको उनको भनाइ थि

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 372 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुरु लाफयङ देव बहादुर तुम्बापोको ८० औ जन्मजयन्ति

    धरान/  किरात धर्मका तेश्रो पुस्ताका धर्म संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको ८० औ जन्मजयन्ती तथा फल्गुनन्द–लाफयङ बहुभाषिक पाठशालाको ८ औ बार्षिकोत्सब आईतबार सम्पन्न भएको छ । फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा आयोजित कार्यक्रम इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ कमल स्थित फल्गुनन्द बहुभाषिक पाठशालाको प्राङ्गणमा भएको थियो । गुरु लाफयङको दर्शन लाई दीर्घकालीन रुपमा संरक्षण गर्नका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने स्थानीय सरकारको योजना रहेको प्रमुख अतिथि चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ले बताए । गुरु लाफयङ र फल्गुनन्द गुरुको स्मृतिमा स्थापित बहुभाषिक पाठशा

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

    मोरङ/ दुई हप्ता अघि उर्लाबारी नगरपालिका ७ मा रहेको दिपक कार्कीको घरमा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मीपूजाको दिन कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको पनि मृत्यु भए सँगै संख्या ५ पुगेको हो । उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा धनुषा जनकनन्दिनी गाउँपालिका १ घर भई हाल उर्लाबारी ७ मा बस्दै आएका ४३ वर्षीय मरिताको मृत्यु भएको हो । सोमबार राति साढे ११ बजे मृत्यु भएका मरिताको अनुहार, छाती, दुवै हात, दुवै खुट्टामा गरी १२ प्रतिशत देखी १४ प्रतिशत जलेको मरिताको शरिरमा करिब

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशसभा मुख्यमन्त्रीले डाडु पन्युँ हातमा लिएको कांग्रेसको दाबी

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतमा अध्यादेशबाट ल्याएको बजेटको कांग्रेसकै सांसदहरुले विरोध गरेका छन् ।प्रदेश सभाको बैठकमा बोल्ने कांग्रेसका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कार्कीले मनलागि योजना कटौती गरेको आरोप लगाए । उनीहरूले कार्कीले आफू मनलागि कार्यक्रम हालेको बताए । प्रदेशसभामा विनियोजन विधेयकमाथि जारी छलफलमा भाग लिँदै काँग्रेसकै सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाए । काँग्रेस सांसद खगेनसिंह हाङ्गामले कार्कीले आफ्नो हातमा डाडुपन्यु भएको जसरी कार्यक्रम हालेको बताए । उनले आवश्यकता र प्राथमिकता अनुसार बजेट नआएको बताए ।

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लियो क्लब अफ धरानद्धारा ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने

    धरान/ लियो क्लब अफ धरानले ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले गतवर्षदेखि लियो दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगितामा कक्षा ८ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मका छात्र र छात्रा गरी ४ विधा रहने क्लबकी अध्यक्ष मोनिका श्रेष्ठले बताइन् । प्रतियोगितामा सहभागिताका लागि धरान, वराहक्षेत्र, कालाबञ्जार, चतरा, इटहरीलगायतका करिब १ हजार विद्यार्थीले फारम भरेका छन् । करिब ५ लाखको लागतमा दौड कार्यक्रम गर्ने लियो क्लब अफ धरान विजयपुरका कार्यक्रम संयोजक प्रतीक ओझाले बताए । दौडमा पहिलो हुनेले ९ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार र मेडल प्राप्त गर्न

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 486 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि समाचार लेख्न पत्रकारलाई अभिमुखिकरण

    सुनसरी/  कृषि क्षेत्रका समाचार सम्प्रेषण गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशका पत्रकारहरुलाई अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताए । उनले राज्य पुनसंरचनापछि कृषिको विकासको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेकोमा अपेक्षित उपलब्धि हासिल हुन नसकि दिन प्रतिदिन परनिर्भरता बढ्दै गएको अवस्थामा राज

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 367 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अंग्रेजी नयाँ वर्षमा ‘मोरङ व्यापार संघ एक्स्पो’ हुने

    विराटनगर/  विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो । ‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना उत्पादन र सेवाहरुको अन्तराष्ट्रिय बजार विस्तारको लक्ष्य राखिएको छ’ एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘आर्थिक गतिविधि शिथिल भईरहेको बेला एउटा उर्जा दिने अपेक्षा राखेका छौं, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढा

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशसभा: विनियोजन विधेयकमा सांसदको विरोध

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिबद्धता विपरित बजेट ल्याएको भन्दै सोमबारको प्रदेश सभामा चर्को विरोध भएको छ । गत शनिबार कार्कीले प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक आइतबार सर्वसम्मत पारित भएको पनि विनियोजन विधेयक माथि भने चर्को विरोध गरेका हुन् । मुख्यमन्त्रीले मनमौजी रुपमा आफ्नो निर्वाचन क्षेत्र र निकट सांसदको क्षेत्रमा मात्र बजेट हालेको र अन्य क्षेत्रको बजेट कटौती गरेको भन्दै सांसदहरुले विरोध गरेका थिए । प्रदेशसभामा बोलेका १५ जना सांसदहरु सबैले विनियोजन विधेयकको विरोध गरेका थिए । आर्थिक मामिला मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले कुनै स्रो

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved