जन्म दिनमा एक लाखको छात्रवृति अक्षयकोष

  • मंसिर १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान १४ निवासि शिक्षा उद्यमि, युवा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो जन्म दिनको अवसरमा स्वर्गिय बुवा कमलापति घिमिरेको स्मृतिमा १ लाख रुपैयाको छात्रवृत्ति कोष स्थापना गरेका छन।

मङ्सिर १५ गते जन्म दिनको दिन सनिवार परेकाले बिदा हुने हुदा अघिल्लो दिन शुक्रवार नै घिमिरेले धरान(८ स्थित सहिद स्मृति मा।बि। पुगेर प्रधानाध्यापक राम बहादुर बिष्टलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरे।

बिद्यालयको प्राबिधिक धारमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई कोषको ब्याजबाट आएको रकमले छात्रवृत्ति प्रदान गरिने घिमिरेले बताए।बिद्यार्थीहरु भनेका देशका भबिष्यका कर्णधार भएकाले दक्ष जनशक्ति  उत्पादनमा सहयोग पुगोस भनेर कोष स्थापना गरेको घिमिरेले बताए।

घिमिरेले सरकारी बिद्यालयमा अध्ययन गरेर त्रिभुवन विश्वबिद्यालबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका हुन।बिद्यालयका प्रधानाध्यापक बिष्टले घिमिरेलाई जन्म दिनको शुभकामना दिदै छात्रवृत्ति कोष स्थापनाका लागि धन्यवाद ब्यक्त गरे।

बिद्यालयका सूचना अधिकारी एबम शिक्षक राजन वन लगायत शिक्षकहरुले घिमिरेलाई शुभकामना दिए। जन्म दिनको अघिल्लो दिन श्रीमती मैया कार्की सहित द्यालय पुगेका घिमिरेको पुर्खौली घर इलाम हो।

धरान(१० स्थित पुतली लाईनमा सुमेधा एजुकेसन नेटवर्क प्रा।लि।का सन्चालक रहेका घिमिरे बिभिन्न कलेजहरुमा अध्यापनरत छन।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved