काठमाडौं/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्। गभर्नर नियुक्तिपछि पहिलो पटक अर्थ मन्त्रालय पुगेका डा। पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा। पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान आर्थिक तथा मौद्रिक चुनौती समाधानमा डा. पौडेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट सरकारको वि
दुहबी/ इलाका प्रहरी कार्यालय दुहबीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुहबी नगरपालिका–१२ स्थित वुग्डहरीको केशलिया इङ्लिस बोर्डिङ स्कुलमा लागुऔषध तथा साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कक्षा ८ मा अध्ययनरत करिब ६० जना विद्यार्थी, युवा–युवती र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक सागर तिमिल्सिनाले लागुऔषधको दुष्प्रभाव र यसको कारणले युवा पुस्तामा पर्ने असरबारे प्रोजेक्टरमार्फत विस्तृत जानकारी दिएका थिए। त्यस्तै, समुदाय–प्रहरी साझेदारी प्रतिनिधिले बढ
धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारदेखि जेष्ठ ९ गते सम्म ’सिनेमा पर्यटन महोत्सव २०८२’ हुने आयोजना गर्ने भएको छ।इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो। चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध
झापा/ झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवारीसाधन चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट चोरीका ४ वटा मोटरसाइकल र १ अटो टेम्पो बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ स्थायी घर भई हाल कनकाई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रञ्जित राजवंशी, २६ वर्षीय प्रदीप राजवंशी, २० वर्षीय सहकारी कुमार राजवंशी र बिर्तामोड–७ का २७ वर्षीय जागिर आलम रहेका छन्। उनीहरू सबै मुस्लिम समुदायका हुन्। प्रहरीका अनुसार झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएपछि उजुरीको आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा उनीहर
धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घले सुविधा सम्पन्न पार्टी प्यालेससहितको सभा हल सञ्चालनमा ल्याएको छ। एसीसहितको नयाँ हलको सोमबार उद्घाटन गरिएको हो। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सङ्घको ४१औँ साधारण सभाको अवसरमा पुनःनिर्मित भवन उद्घाटन गरेका हुन्। वाणिज्य सचिव किसन मास्केले पुनःनिर्माणमा झण्डै ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिए। पहिला २०० जनाको क्षमतामा सीमित हल अब ४ सय जनालाई अटाउने गरी निर्माण गरिएको छ। स्टार होटलस्तरको फर्निसिङसहितको हल सभा, समारोह तथा विवाह भोजका लागि प्रयोग गर्न सकिनेछ। साधारण सभामा पत्रकार तथा व्यवसायीलाई सम्मान गरिएको छ।
सुनसरी/ बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुरको मृत्यु भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बङ्गुरमा यो सङ्क्रमण पुष्टि भएको हो। बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको र तीमध्ये १७ वटाको मृत्यु भएको छ। त्यस्तै, बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण पुष्टि भएकोमा सातवटा बङ्गुर मरेका छन्। यसैगरी, स्थानीय सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको र १२ बङ्गुरको मृत्यु भएको डा. महत
सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जङ्गलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका राजवंशी यही जेठ २ गते बिहानदेखि बेपत्ता थिए। राजवंशीको खोजीमा परिवार र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जङ्गलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्। शव फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय कानेपोखरीलाई खबर गरियो। सूचना प्राप्त हुनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। स
सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, भविष्यवाणीको अनौठो परम्परा बोकेको स्थल पनि हो। नेपालमै एक मात्र यस्तो मन्दिर मानिन्छ, जहाँ भाले वा पोथीको बलि दिएपछि त्यसको कलेजो हेरेर भविष्य बताइन्छ। २१औँ शताब्दीमा पनि सर्वसाधारण भविष्यवाणीमा विश्वास गर्दै मठमन्दिर धाउने क्रम घट्नुको साटो बढ्दो देखिन्छ। बुढासुब्बा मन्दिर यसको सजीव उदाहरण हो, जहाँ दैनिक सयौँ भक्तजन दर्शनसँगै जोखना हेर्न पुग्ने गरेका छन्। मन्दिरमा विशेषगरी बुढासुब्बा र गौरेनी माताको पूजा गरिन्छ। यहाँ भाले, पोथी तथा अण्डा चढाएर भाकल गर्ने परम्परा छ। बुढासुब्बालाई भाले र गौरेनी माताला
ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ १५ देखि १७ गतेसम्म तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ। समुद्री सतहबाट ३,५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिएको धार्मिक स्थल हो। महोत्सव सिदिङ्वा धामसँगै ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत गाउँपालिकाभित्रका अन्य पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा केन्द्रित हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार सिदिङ्वा धाम अन्तर्राष्ट्रिय जैविक मार्गका
सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कारण सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डितको हत्या गरिएको खुलेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा वैशाख ३० गते बिहान उनको शव फेला परेको थियो। सुरुवातमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा पण्डितको योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको हो। प्रहरीले हत्या वैशाख २८ गते भएको जनाएको छ। प्रहरी अनुसन्धान अनुसार, पण्डित र ईश्वरपुर–६ की २५ वर्षीया नजिमा खातुनबीच प्रेम सम्बन्ध थियो। चैत १९ गते ती दुई गाउँबाट भागेर भारत गएका थिए र केही दिनपछि फर्किएका थिए। गाउँमा बसेको पञ्चायतले