श्रीमतीलाई रडले घोचेपछि तीनतलाबाट हाम्फालेका वृद्धको मृत्यु

  • असार ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादपछि श्रीमतीलाई फलामको रडले घाइते बनाएका एक वृद्धको तीनतलाबाट हाम्फाल्दा मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ५:३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए।

घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यहाँबाट हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि तत्काल बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो।

उपचारकै क्रममा बिहान ६:४५ बजे घिरेन राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved