बराहक्षेत्र बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा

  • असार ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसिर २७ गते भित्र नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा लागि परेको छ ।

बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै बालमैत्री नीति, कार्यक्रम र सेवाहरू प्रभावकारी रूपमा लागू गर्ने लक्ष्य सहित नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाकालागि नगरपालिका लागि परेको हो ।

यसै संन्दर्भमा आइतबार बालमैत्री स्थानीय शासनयुक्त नगरका सूचकहरू बालबालिकाको हित सुनिश्चित गर्न पूरा गर्नुपर्ने मापदण्डहरू मध्य बालमैत्री स्थानीय शासनको सुचकको मापनयोग्य स्थानीयकरण तथा बालमैत्री आचार संहिता तयारीको बिषयमा कार्यशाला कार्यक्रम आयोजना गरिएको नगरपालिकाका सामाजिक बिकाश शाखा प्रमुख अरुण कुमार मेहताले जानकारी दिए ।

बालबालिकाको बचाउ, बालबालिकाको संरक्षण, बालबालिकाको विकास, बाल सहभागिता , बालमैत्री योजना र बजेट बजेट, संस्थागत व्यवस्था, बालबालिकासम्बन्धी गुनासो सुनुवाइ तथा संरक्षण प्रणाली, बालमैत्री कार्यक्रमका लागि वार्षिक योजना र पर्याप्त बजेट व्यवस्था , बालबालिकासम्बन्धी तथ्याङ्क संकलन र नियमित अनुगमन, बालबालिकाको स्वास्थ्य परीक्षण र आधारभूत स्वास्थ्य सेवामा पहुँच त्यस्तै बालबालिकाको शिक्षामा पहुँच र नियमित उपस्थिति , विद्यालयमा बालमैत्री वातावरण र सुरक्षित पूर्वाधार , बालबालिकाको स्वास्थ्य परीक्षण र आधारभूत स्वास्थ्य सेवामा पहुँच, पोषणयुक्त खाना र कुपोषण न्यूनीकरण स्वच्छ खानेपानी र सरसफाइ सुविधा, बालबालिकामाथि हुने हिंसा, शोषण र भेदभावको अन्त्य , बालश्रम न्यूनीकरण बालविवाह रोकथाम , अपाङ्गता भएका बालबालिकाका लागि समावेशी सेवा बालबालिकाको खेल, मनोरञ्जन र प्रतिभा विकासको अवसर बाल क्लब तथा बाल सञ्जालको सक्रिय सहभागिता लगायतका ५१ वटा संघीय सरकारले सूचक पूरा गरेर मात्र नगरलाई बालमैत्री स्थानीय शासन युक्त घोषणा हुनेछ ।

आईतवार नगरपालिकाको सभाहलमा आयोजना भएको बालमैत्री स्थानीय शासनको सुचकको मापनयोग्य स्थानीयकरण तथा बालमैत्री आचार संहिता तयारीको बिषयमा कार्यशाला कार्यक्रममा नगर प्रमुख रमेश कार्की , उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमुख , बिद्यालय प्रध्यानाध्यापक , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, खानेपानी आयोजनाको प्रमुख , बाल क्लबका पदाधिकारीहरु , वडा सहजकर्ता र नगर सहजकर्ता लगायतको सहभागिता रहेको थियो ।

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved