सप्त​कोशीबाट १६८ केजी गाँजा बरामद

  • असार ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी किनारबाट प्रहरीले १६८ किलोग्राम गाँजा बरामद गरेको छ।

​विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणको गाँजा फेला पारेको हो।

​आज सोमबार बिहान करिब ३:१० बजे गस्ती गर्दै जाने क्रममा नदी किनारमा ट्युबमाथि बाँसमा बाँधेर राखेको अवस्थामा ९ वटा प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

​बरामद गरिएको लागूऔषध गाँजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको छ भने गाँजा तस्करीमा संलग्न व्यक्तिहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved