समाज

    Showing 1,681-1,690 of 6,823 items.
  • बाह्रदशी जेसीजले १७ जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री वितरण

    झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना अति विपन्न विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री वितरण गरेको छ। बाह्रदशी गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा १६ वटा विद्यालयका विद्यार्थीहरूलाई प्रति विद्यार्थी ४,५०० रुपैयाँ बराबरको स्कुल झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो। साथमा उनीहरूलाई नगद १,००० रुपैयाँसमेत प्रदान गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलालगायतले सामूहिक रूपमा अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए। सन २०२३ देखि सुरु गर

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन पोखरामा , नयाँ नेतृत्व चयन गर्ने तयारी

    पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै संगठनको भूमिकाबारे धारणा राखेका थिए। ११ दिनसम्म चल्ने महाधिवेशनबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ। एमालेको संशोधित नीतिअनुसार यसपटक युवा संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ, जसमा ९ पदाधिकारी रहनेछन्। अध्यक्ष क्षितिज थेवे पुनः नेतृत्व सम्हाल्ने इच्छामा छन् भने महासचिव सुमन पुरीसहित उपाध्यक्ष कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले समेत अध्यक्ष पदमा आँखा लगाएका छन्। महासचिव पदका आकांक्ष

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवाेदय विद्यालयमा विद्यालय परिषद् निर्वाचन सम्पन्न

    धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस्थित एसईईमा धरान प्रथम बन्न सफल नवाेदय बिद्या मन्दिर सेकेन्डरी स्कुलमा २०८२ सालको विद्यालय परिषद् निर्वाचन शुक्रबार सम्पन्न भएको छ। क्याप्टेन, भाइस क्याप्टेनसहित विभिन्न पदहरूमा विद्यार्थीहरूले मत हालेर नेतृत्व चयन गरेका हुन्। निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विद्यालय प्रशासनका अनुसार लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासलाई सघाउने उद्देश्यले निर्वाचन आयोजना गरिएको थियो। निर्वाचित पदाधिकारीहरू र उनीहरूले जितेको मतान्तर यसप्रकार छ: विद्यालय क्याप्टेन:• तेन्जिल मगर (कक्षा ९) — १२९ मत (५

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 1,186 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माण सुरु

    सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान गरेपछि जोखिममा परेको सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु गरिएको छ। कोशी प्रदेशको खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्रालयको ३० लाख रुपैयाँ बजेटबाट तटबन्ध निर्माण सुरु गरिएको पण्डित योगेश भण्डारीले जानकारी दिए। उनका अनुसार वराहक्षेत्र गुठी व्यवस्थापन समितिको समेत आर्थिक सहयोगमा मिसिनरी वाल (कंक्रीटको पर्खाल) निर्माण भइहेको छ। ०८१ चैतमा प्रदेश पर्यटन सचिव विशाल घिमिरेसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन मन्त्रालयको बजेटमा भइरहेको कामको अनौपचारिक निरीक्षण गरेका थिए। मुख्

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 946 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटीमा जोड दिनु पर्ने: अध्यक्ष ढकाल

    काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र अन्तर्राष्ट्रिय तथा आन्तरिक कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नाट्टा (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) को आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआईटीएम) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा व्यक्त गरेका हुन्। ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै नेपाललाई बौद्ध पर्यटन केन्द्र

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक्रिय, दुई जना पक्राउ

    झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक्रिय रहेको खुलासा भएको छ। सोही गिरोहमा संलग्न दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित पानीट्यांकी निवासी २७ वर्षीय तापच बरमण र २२ वर्षीय अमित सरकार रहेका छन्। उनीहरूलाई मेचीनगर नगरपालिका–७ स्थित एक चिया बगानबाट गत बुधबार बिहान पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले जानकारी दिए। प्रहरी चौकी सत्तीघट्टाबाट खटिएको टोलीले चेकजाँचको क्रममा उनीहरूबाट ४ मुठा तामाको तार बरामद गरेको थियो। बरामद गरिएको तारको वजन १ सय किलोग्राम रहेको र यसको बजार मूल्य करिब ८० हजार रुपैयाँ रहेको

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान निराश

    झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र झापाको पूर्वी नाका काँकडभिट्टाबाट ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात गरिएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा नेपाल भित्रिएको छ, जुन यो अवधिमा सबैभन्दा बढी हो। साउनदेखि वैशाखसम्म औसत लाखौँ केजी खरबुजा आयात भैरहँदा स्वदेशी उत्पादन भने बजारमा प्रभावहीन बन्दै गएको व्यवसायीहरूको गुनासो छ। झापामा व्यावसायिक रूपमा खरबुजा खेती हुँदै आए पनि मूल्य प्रतिस्पर्धा

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० औें बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण सकियो

    धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलवार समापन भएको छ । धरान बास्केटवल संघको अयोजनामा वैशाख ३ गते देखि सुरु भएको प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थियो । बास्केटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धेश्यले संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसई दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सह

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले साढे तीन करोड रुपैयाँभन्दा बढीको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का विदेशबाट आयात भएको हो। आयात भएको कुल रकममध्ये १ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरका सिन्का काठबाट बनेका थिए। बाँकी सिन्का प्लास्टिक, बायोडिग्रेडेबल वा अन्य सामग्रीबाट बनेका हुन सक्ने अनुमान गरिएको छ। यस आयात आँकडाले दैनिक उपभोग्य वस्तुको रूपमा देखिने सानो वस्तुमा समेत नेपाल कति परनिर्भर छ भन्ने तथ्य उजागर गरेको छ।  

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक वर्षपछि नेतृत्व पाएको बृहत्तर बराहक्षेत्र विकास समिति : अधिकार कटौतीसहित समन्वयकारी भूमिकामा सीमित

    बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार्यक्षेत्र बनाएको बृहत्तर बराहक्षेत्र विकास समितिले एक वर्षपछि नयाँ नेतृत्व पाएको छ। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गठन आदेश जारी गर्दै समितिको अध्यक्षसहित पदाधिकारी नियुक्त गरेको हो।बराहक्षेत्र चतराधामस्थित मुख्य कार्यालय भएको यस समितिको गठन संघीय सरकारअन्तर्गत पर्यटन मन्त्रालयमार्फत हुँदै आएकोमा अब प्रदेश सरकार मातहत आएको छ। ०८१ असार ३० मा जारी गरिएको नयाँ ‘गठन आदेश, २०८१’ अनुसार समितिको नेतृत्व प्रदेश सरकारले नियुक्त गरेको हो।तर समितिका कार्यकारी निर्देशक (सदस्य सचिव) भने अझै नियुक्त भएका छैनन्। मन्त्रालय

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved