झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक्रिय, दुई जना पक्राउ

  • जेठ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक्रिय रहेको खुलासा भएको छ। सोही गिरोहमा संलग्न दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित पानीट्यांकी निवासी २७ वर्षीय तापच बरमण र २२ वर्षीय अमित सरकार रहेका छन्।

उनीहरूलाई मेचीनगर नगरपालिका–७ स्थित एक चिया बगानबाट गत बुधबार बिहान पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले जानकारी दिए।

प्रहरी चौकी सत्तीघट्टाबाट खटिएको टोलीले चेकजाँचको क्रममा उनीहरूबाट ४ मुठा तामाको तार बरामद गरेको थियो।

बरामद गरिएको तारको वजन १ सय किलोग्राम रहेको र यसको बजार मूल्य करिब ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक बयानमा पक्राउ परेका बरमण र सरकारले तामाको तार मेचीनगर–१३ चारआली क्षेत्रबाट चोरी गरेको स्वीकारेका छन्।

उनीहरूमाथि नेपाल टेलिकम धुलाबारी शाखाले जाहेरी दिएको छ। जाहेरीमा बिजुलीको पोलमा जडान गरिएको कप नेटवर्कको तार चोरी भएको उल्लेख गरिएको छ।

हाल उनीहरू प्रहरी हिरासतमा छन् र चोरी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

चोरीसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको पनि एसपी लिम्बूले जानकारी 

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved