बराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माण सुरु

  • जेठ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान गरेपछि जोखिममा परेको सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु गरिएको छ।

कोशी प्रदेशको खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्रालयको ३० लाख रुपैयाँ बजेटबाट तटबन्ध निर्माण सुरु गरिएको पण्डित योगेश भण्डारीले जानकारी दिए। उनका अनुसार वराहक्षेत्र गुठी व्यवस्थापन समितिको समेत आर्थिक सहयोगमा मिसिनरी वाल (कंक्रीटको पर्खाल) निर्माण भइहेको छ।

०८१ चैतमा प्रदेश पर्यटन सचिव विशाल घिमिरेसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन मन्त्रालयको बजेटमा भइरहेको कामको अनौपचारिक निरीक्षण गरेका थिए। मुख्यमन्त्री कार्कीको विशेष पहलमा ऊर्जा मन्त्रालयमार्फत तत्काल ३० लाख रुपैयाँ विनियोजन गरिएको हो।

गत असोजमा आएको बाढीले मन्दिर परिसरभित्रका वराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्क र शौचालयमा क्षति पुर्‍याएको थियो।

वराहक्षेत्र गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठका अनुसार तीर्थ संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुठीको मौज्दात कोषबाट २५ लाख रुपैयाँ थप लगानी गरिएको छ। "बाढीले कटान गर्दा मन्दिर परिसरका ५५ भन्दा बढी परिवार उच्च जोखिममा थिए," श्रेष्ठले भने, "प्रदेश सरकारले सानो बजेटबाट भए पनि काम सुरु गरेपछि स्थानीयमा राहतको अनुभूति भएको छ।"

हिन्दू धर्मशास्त्र र किरात मुन्दुममा ‘धर्तीको पहिलो तीर्थस्थल’का रूपमा वर्णन गरिएको वराहक्षेत्र पुरातात्त्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ। मन्दिरका मूल पुजारी किरण भण्डारीका अनुसार मानव सभ्यताको सुरुआत यसै क्षेत्रबाट भएको मान्यता रहेको हुँदा यसको संरक्षणमा राज्यको विशेष ध्यान जानु आवश्यक छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved