बाह्रदशी जेसीजले १७ जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री वितरण

  • जेठ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना अति विपन्न विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री वितरण गरेको छ।

बाह्रदशी गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा १६ वटा विद्यालयका विद्यार्थीहरूलाई प्रति विद्यार्थी ४,५०० रुपैयाँ बराबरको स्कुल झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो। साथमा उनीहरूलाई नगद १,००० रुपैयाँसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलालगायतले सामूहिक रूपमा अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए।

सन २०२३ देखि सुरु गरिएको यस कार्यक्रम अन्तर्गत बाह्रदशी जेसीजले प्रत्येक वर्ष समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा साथ दिँदै आएको छ। यस वर्ष पनि “एक सदस्य, एक अभिभावक” भन्ने नारासहित कार्यक्रमलाई निरन्तरता दिइएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चम्लागाईले अमृत मावि भागुडुब्बाका मनिष राजवंशी र सुन्दरपुर आधारभूत विद्यालयकी आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका छन्। यस्तै, जेसीज अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलवारी माविकी पद्मा राजवंशीको अभिभावकत्व लिएका छन्।

अन्य अभिभावकत्व ग्रहण गर्नेहरूमध्ये संस्थापक अध्यक्ष विगम श्रेष्ठ (डिकप्रसाद आचार्य), पूर्व अध्यक्ष पुष्पलाल धमला (सुहानी खातुन), लक्ष्मीप्रसाद उप्रेती (सविता माझी), खगेन्द्र सुवेदी (आशिका खवास), राजु अधिकारी (अनुज गिरी), विश्वास गौतम (अम्बिका सुवेदी) लगायत छन्।

दुई चरणमा सम्पन्न कार्यक्रममा भित्तेपात्रो विमोचन तथा अभिभावकत्व ग्रहण समारोह छुट्टाछुट्टै संयोजकत्वमा सम्पन्न भयो। भित्तेपात्रो विमोचन विश्वास गौतमको संयोजकत्वमा र अभिभावकत्व ग्रहण समारोह राजु अधिकारीको संयोजनमा सम्पन्न भएको थियो।

गाउँपालिका अध्यक्ष चम्लागाईले बाह्रदशी जेसीजले समुदायमा पुर्‍याएको सामाजिक योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने यस्तो लगानीलाई प्रभावकारी बनाउने गरी निरन्तर अनुगमन आवश्यक रहेको बताए।

कार्यक्रममा वडाध्यक्ष महताव आलम, प्रधानाध्यापक थीरकुमार दाहाल, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको सञ्चालन महासचिव सदिक्षा खड्काले गरेकी थिइन् भने स्वागत मन्तव्य राजु अधिकारीले र आस्था वाचन विश्वास गौतमले गरेका थिए। जेसीजको मिसन र भिजन गोपाल उप्रेतीले प्रस्तुत गरेका थिए।

jcc

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

नवाेदय विद्यालयमा वि ...

धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस् ...

बराहक्षेत्र मन्दिर प ...

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान ...

पर्यटन प्रवर्द्धनका ...

काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved